दमौली/कारागार कार्यालय र तनहुँ बार बीच बुधवार अन्तरसम्वाद भएको छ ।
विशेष गरी भाद्र २४ गतेको आगलागिमा परि नष्ट भएका कागज प्रमाणको पुनः अभिलेखिकरणमा सहयोग गर्न र फरार रहेका आफूसंग सम्बद्ध पक्षहरूलाइ कारागार उपस्थित भएर कानुनी प्रकृयामा सहयोग गर्न सहजीकरण गरिदिन अनुरोध गर्ने उद्देश्यले तनहुँ बारसंग अन्तरसंवाद राखिएको कारागार प्रमुख टेक प्रसाद भट्टराईले बताउनु भयो ।

सो अवसरमा प्रमुख भट्टराइले बारले निःशुल्क सहयोग गर्न सक्ने भए लिगल क्लिनिक सञ्चालन गर्न विभाग संग समन्वय गर्ने प्रस्ताव बारसंग राखेका थिए ।
प्रमुख भट्टराइले तनहुँ कारागारमा रहेका तीन सय सत्ताइस कैदी बन्दी मध्य एक जना २४ गते नै सफाइ पाएर थुना मुक्त भएको । बाँकी सबै साँझ जेन जी आन्दोलनका क्रममा बाहिरिएका थिए । सरकारले दिएको ग्रेससमय असोज २० गतेभित्र आउनेलाइ फरार सूचिमा नराखिएको, त्यसपछि आउने फरार सूचिमा पर्ने बताइएको छ ।
दुइसय तीसजना फिर्ता आइसकेको, ११ जना अन्य कारागारको सम्पर्कमा आएको कार्यालयले जनाएको छ । ८५ जना अहिलेसम्म फरार रहेका छन् ।