नेपाली हास्य जगतका बादशाह हरिवंश आचार्यले कुनैपनि काम ठूलो सानो नहुने भएकाले सबै कामको सम्मान गर्नुपर्ने सन्देश सहितको गीत “ए केटा मादलु पड्का” ल्याएका छन् ।
“जो नाच्छ, त्यो धेरै बाँच्छ” भन्दै नाच्नुले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव बारे समेत चर्चा गरिएको गीतमा हरिवंश आचार्य, प्रियंका कार्की तथा सरोज ओलीले अभिनय गरेका छन् ।
“जन्मेपछि गर्नै पर्छ एउटा एउटा काम, काम नगरीकन खान पाईँदैन माम” भनिएको गीतमा घुस खाने नेता तथा कर्मचारीलाई भिलेनको उपमा दिइएको छ । सामान्यतया नाच गानलाई कामको दर्जा नदिइएको बेला नाचेर नै घर बनाएको तथा परिवार राम्रोसंग चलेको गीतमा उल्लेख गरेर नाच्ने पेशाको सम्मान गरिएको छ ।
हरिवंश आचार्य र शान्तिश्री परियारको स्वर रहेको गीतमा अगाडी भनिएको छ,“कोही चलाउँछन् कम्प्युटर कोही चलाउँछन् पिलेन, कोही चाहीँ घुसखाई भाछन् देशको भिलेन” आफ्नो पाखुरीमा विश्वास गरेर काम गरे भोकै वस्नु नपर्ने सन्देश सहित गीतमा “आफ्नै बल बुताले पालेकी छु पेट, घर पनि बनाएर हालेँ टिनको गेट” उल्लेख गरिएको छ । कुनै काम ठूलो हुन्न कुनै काम सानो , कसैको ढलान घर कसको पराल छानो भनिएको गीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आदर्श मानिस ठूलो दिलले हुन्छ….. लाई पछ्याउँदै भनिएको छ, “कसैको छ डिपार्टमेन्छ कसैको नाङ्लो पसल,त्यही मान्छे ठूलो हुन्छ जसको मन छ असल”
पैसा सबैथोक हो भन्नेहरुलाई व्यङ्ग्य गर्दै भनिएको छ, कसैले कमाउँछन् कुलको इज्जत फाली , पृथ्वी छोड्दा हुन्छ सबको हात खाली ।
खुट्टामा निल पर्नेगरी नाच्न मिल्ने भाका र संगीतमा हरेको यो गीत दोहा¥याएर सुनी रहुँ जस्तो लाग्ने खालको त छ नै थाहै नपाई धेरै सन्देश दिने खालको पनि छ । कामको सम्मान गर्नुपर्छ । कुनै काम ठूलो वा सानो हुँदैन भन्ने सन्देश गीत मार्फत प्रवाह गर्ने प्रयास छ ।
कामको सम्मानमा हरिवंशको “ए केटा मादलु पड्का”
previous post