दमौली/ लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदबारको रुपमा तनहुँ –१ मा बैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदबार गोविन्द भट्टराईले मतदाता सामु १० घोषणा गरेका छन् ।
तनहुँका विभिन्न गाउँमा आफ्नो पहलमा खानेपानी योजना ल्याएर महिला दिदी बहिनीको थाप्लोबाट नाम्लो हटाउने व्यक्ति भनेर नयाँ नाम पाएका भट्टराईले निर्वाचित भएमा गर्ने १० कामको घोषणा गरेका हुन् । पढ्दा र सुन्दा सामान्य लाग्ने तर आम नागरिकको दैनिकीसंग प्रत्यक्ष जोडिएका विषयलाई समेटेर भट्टराईले घोषणाका दश बुँदा तयार पारेका छन् ।
भट्टराईका १० घोषणाको पहिलो बुँदामा स्थानीय तहका सबै सेवा घरबाटै लिन सक्ने प्रणाली विकास गर्ने उल्लेख छ । सरकारी कार्यालयमा सेवाग्राहीलाई हुने सास्ती सम्बोधन गर्न उनले सरकारी कार्यालयले दिने सेवालाई पारदर्शी र गुणस्तरीय बनाउने उनको घोषणामा उल्लेख छ । घरघरमा पानी र विजुली सहजै उपलब्ध गराउने, गरिबको घरमा न्यूनतम पानी र विजुलीको शुल्क नलाग्ने व्यवस्था गर्ने, जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने लगाएतका बुँदा कांग्रेस उम्मेदबार भट्टराईको घोषणामा समेटिएका छन् ।
यसैगरी घोषणामा तनहुँबासीको प्रतिव्यक्ति आम्दानी अहिलेकोभन्दा दोब्बर बनाउने गरी काम गर्ने, पर्यटन पूर्वाधारको विकास गर्दे पर्यटक आगमन प्रतिवर्ष पाँचलाख पु¥याउने उल्लेख छ ।
निरपेक्ष गरिबीको अन्त्य गर्ने खालका कार्यक्रम लाउने घोषणा गरेका भट्टराईले जलविद्युतको सेयर प्रत्येक परिवारले पाउने अवस्था सिर्जना गर्ने घोषणा समेत गरेका छन् ।
कांग्रेस उम्मेदबार भट्टराईका १० घोषणा
previous post