मेरो कार्यालयमा आएर उजुरी गर्नु पर्दछ –ट्राफिक प्रमुख
दमौली/दमौली पोखरा चल्ने माईक्रो बसले द्रुतसेवा प्रदान गर्ने प्रचारमा मीनीबसले भन्दा पैतिस रुपयाँ बढी भाडा उठाउँदछ । १६ सीट क्षमताको माईक्रोले २४ जनासम्म पेसेन्जर बोक्दछ । जहाँभेट्यो त्यहीबाट, कुरेर पनि यात्रु उठाउँछ । यात्रा गर्नु परेका यात्रुहरुले भित्र सिट खाली छ छैन, बाहिरबाट देख्दैनन् रोकिसके पछि तपाइलाई म सिट मिलाइ दिइहाल्छु भन्दै भित्र हुलेर ढोका लगाउँदछ । पोखरा पुग्दासम्म सिट पाउँदैनन् । नियमित अनुगमन नभएको त्यो दुर्ददशाले बताउँदछ ।
माइक्रो बसले सीट क्षमता भन्दा बढी यात्रुहरु राखेर यात्रा गराएको सम्बन्धमा अनुगमन र नियमनको कार्यविधिका बारेमा जिज्ञासा राख्दा ट्राफिक प्रमुख सइ पूर्णबहादुर अधिकारीले ‘पत्रिकामा लेख्दैमा केही हुँदैन, मेरो कार्यालय आएर उजुरी दिनु पर्दछ, तत्काल कारवाही हुन्छ’ भन्नु भयो । उहाँले अगाडि भन्नुभयो, अनुगमन र नियमन गर्ने दायित्व ट्राफिकको मात्रै होइन, खाली सिट नभएको माईक्रोमा किन चढ्ने ? त्यो यात्रुको पनि दायित्व हो ? यात्रुको दायित्व पुरा नभएमा वा हुन नसकेमा यात्रुवाहक सवारी साधनले यसरी नै मन परी गर्ने छुट पाउने हो भने महंगो भाडा तिरेर गरिने माइक्रोस बसको यात्रा झनै ढिला र कष्टकर हुने भएको छ । माइक्रोस बसभित्रै झगडा गर्न वा त्यहीबाट ट्राफिकलाइ उजुरी गर्न निमुखा, बृद्ध, अशक्त र बच्चा सहितको महिलाको लागि मात्रै होइन, पहुँचवाला कानून बुझेको मान्छेलाई समेत असंभव हुने बताउँछन् पीडित यात्रु । आरक्षण सिटको व्यवस्थापन तर्फ पनि ध्यान पु¥याउनका लागि टिकट अनिवार्य उपलब्ध गराउनु पर्ने बताउँछन् यात्रुहरु ।