केशबराज अधिकारी, लमजुङ
गत वर्षहरुमा जस्तै यस वर्ष पनि करापुटार स्थित इशानेश्वर महादेव मबन्दिरमा दर्शन पुजाआजा र ठाडो बत्ती बाल्ने लगाएतको प्रबन्ध मिलाइएको छ ।
महाँशिवरात्रीको दिन शिवजी प्रती एक भक्त एक चित्त भै बिहानैदेखि मन्दिर भित्र रहेको प्राकृतिक शिवलिङ्गमा गाईको दूध चढाउने र सन्तान प्राप्तीको लागि साँझबाट रातभरी हातमा बत्ती लिएर उभिएर कठोर तपस्या गर्नेहरू हजारौँको संख्यामा हुन्छन् जसलाई ठाडाबत्ती बाल्ने भनिन्छ । साथै पारिवारिक सुखशान्ति समृद्धीको लागि अहोरात्र बसेर बत्ती बाल्नेको संख्या त अझै बढी हुने गर्दछ ।
आज माघ २९ गतेबाट मन्दिर परिसरमा श्रीमद्भागवत ज्ञान महायज्ञ कलश यात्रा गरि शुभारम्भ हुँदैछ । पुराण वाचक दिपक सापकोटाले भागवत कथा वाचन गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । माहायज्ञ फाल्गुण ४ गते समापन हुने ।

ठाडाबत्ती बाल्ने र बसेर बत्ती बाल्ने भक्तजनहरूको लागि ठाऊँको वा छादनको ब्यवस्था गर्ने मन्दिर परिसरमा बिजुली बत्तीको ब्यबस्थाको लागि माघ २५ गते बाटनै काम सुरु भएको छ । स्थानीय संस्कृतिको संरक्षण कार्यक्रम अन्तर्गत ठाडो भाकाको उद्गमस्थल यहि भएकोले हरेक बर्ष ठाडो भाका लोककला प्रतिष्ठानले ठाडो भाका गायनको कार्यक्रम छ ।
बालुन तथा भजन चुड्का प्रतियोगिता, सामूहिक ब्रतबन्ध, भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता हुनेछन् । भक्तजनले निःशुल्क खानाको ब्यबस्था हुने समेत समितिले जनाएको छ । मुक्तिनाथमा जस्तै पवित्र १०८ वटा धारबाट निरन्तर बग्ने जलमा स्नान गर्न पाईन्छ । यसैगरी एकसय आठ शिवलिङ्गको दर्शन तगथा पुजा आजा पनि गर्न पाईन्छ ।
स्थानीय युवा क्लब तथा विद्यालयका जुनियर रेडक्रस र बाल क्लबहरुले भक्तजनलाई चढाउने गाईको दूधको व्यवस्था गरेका हुन्छन् ।
पूर्व त्रिशुली र पश्चिम काली गण्डकी भित्रका सप्तगण्डकीको बहाव भूमी गण्डकी प्रदेश भित्र लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नं ७ को करापुटारमा अबस्थित इशानेश्वर महादेव मन्दिर,देश भित्र मात्र नभै बिदेश सम्म प्रख्यात छ । स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ महात्म्यमा उल्लेखित स्वस्थानी ब्रतकथामा माहेन्द्री तटको महेन्द्रगिरी भनेर उल्लेख भएको ठाऊँ यहि हो,जहाँ सती देबीको दाहिने तिघ्रा पतन भएको प्रसंग उल्लेख छ ।
महाशिवरात्रीमेलाको खास दिन कृष्ण चतुर्दशी भए ता पनि पूरा तिनदिन सम्म मेला
लाग्छ । यस बर्ष यस ईशानेश्वर महादेव मन्दिर क्षेत्र बिकास समितीले यो धार्मिक मेलालाई अझै आकर्षण,ब्यवस्थित र सुरक्षित बनाउन विभिन्न व्यवस्था मिलाएको छ ।
यो प्रमुखरुपमा धार्मिक मेला भएकोले तिर्थयात्रीहरूको र ब्यापारीहरूको संख्या अझै बड्ने देखिन्छ ।
