दमौली/माघ छ गते मनोनयन दर्ता गराएर घरदैलो कार्यदैलो कार्यक्रम चलाएर विताएका राजनीति दल र तीनका उम्मेदवारहरुले फागुन ४ गतेबाट औपचारिक कार्यक्रम सञ्चालन गर्न पाएका छन् ।
आजका मितिसम्म अर्थात सात गतेसम्ममा नेपाली काँग्रेसले चार गतेनै आफ्ना उपसभापति विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा दमौलीमा एक सभा गरेको छ । अन्य दलले औपचारिक सभा गर्ने तिथिमिति सार्वजनिक गरेका पाइएको छैन । औपचारिक सभा भन्दा घरदैलो, व्यक्तिगत सम्पर्क, सामाजिक सञ्जाल, वैदेशिक रोजगारीमा रहेकाहरुबाट घरपरिवारमा रहेका सदस्यहरुलाई मतमाग्न प्रयोग गर्ने कार्यशैली प्रभावकारी भएको निष्कर्षका साथ अपनाएको पाइन्छ ।
सामाजिक सञ्जाल र वैदेशिक रोजगारीमा रहेकाहरुको लविङ्गले तान्ने मत प्रतिक्रिया विहिन रुपमा मतपेटिकामा खस्ने र मतदातासंग प्रत्यक्ष कवूल गरेरको जिम्मेवारी बहन गर्न नपर्ने खालको पनि उम्मेदवारले महसुस गरेको पाईन्छ ।
औपचारिक प्रचार प्रारम्भ
previous post
