दमौली/सन् २०१९ अन्त्य तिर देखा परेको कोरोना भाइरसले संसारलाई आक्रान्त पार्न अझै छाडेको छैन । कोरोना भाइरसका विभिन्न भेरियण्ट देखिने र छिटो संक्रमण फैलने विशेषता सहित नयाँ भेरियण्ट देखापर्ने कुराले विश्वलाई त्रसित बनाएको छ ।
तेस्रो भेरियण्टको रुपमा देखापरेको ओमिक्रोनको संक्रमणबाट नेपाल गुज्रिरहेको छ । पौष तेस्रो सातासम्म सामान्य रहेको कोरोना संक्रमणको अवस्था अहिले वास्तवमै चिन्ता जनक अवस्थामा पुगेको छ । गत विहिबारबाट हिजो बुधबारसम्म एक साताको संक्रमणको दरलाई हेर्ने हो भने पनि यसले हाम्रोे स्वास्थ्य प्रणालीमा समस्या ल्याउने हो कि भन्ने चिन्ता थपिन थालेको छ ।
गत विहिबार १५ हजार ८१ जनामा गरिएको परिक्षणमा तीन हजार ५५३ संक्रमित भटिएको थियो जुन परिक्षण र संक्रमितको संख्यालाई आधार मान्दा झण्डै २४ प्रतिशत हो । तर हिजो बुधबारको तथ्याङ्क हेर्ने हो भने २३ हजार ४०९ जनामा गरिएको परिक्षण मध्ये ११ हजार ३५२ संक्रमित भेटिए जुन कुल परिक्षणको भण्डै ५० प्रतिशत हो । दैनिक अत्यन्त तिब्र गतिमा बढ्दै गएको संक्रमणले आम नागरिकका डर त बढाएको छ तर आवश्यक स्वास्थ्य सावधानी अपनाउने कुरामा भने अझै सचेतना आएको देखिएको छैन ।
यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना संक्रमण न्यूनीकरणका लागि भन्दै २० बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश आर्यालद्वारा जारी आदेशमा सबै प्रकारका आमसभा, जुलुस, भेला तथा धेरै मानिस भेला हुने क्रियाकलाप गर्न माघ मसान्तसम्म रोक लगाइएको छ ।
आदेशमा गोष्ठि, सेमिनार तथा समिक्षा बैठकहरु भर्चुअल माध्यमबाट गर्न, भौतिक रुपमा उपस्थित भएर गर्नुपर्ने भएमा जनस्वास्थ्यको मापदण्ड पुरा गरी २५ जनाभन्दा बढीको उपस्थिती नरहने गरी गर्न भनिएको छ ।
यसैगरी आदेशमा सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु नराख्न, , सबै यात्रुलाई मास्क अनिवार्य गर्न, चालक तथा सहचालकले मास्क र फेससिल्ड प्रयोग गर्न तथा सवारीमा यात्रुले प्रयोग गर्न मिल्ने गरी सेनिटाइजर उपलब्ध गराउन भनिएको छ ।
ओमिक्रोनको बढ्दो संक्रमण: न्यूनिकरणका लागि प्रशासनद्वारा विभिन्न आदेश जरी
previous post