
दमौली
तनहँुको व्यास नगरपालिकाले गत आर्थीक वर्षमा ३८ कि.मी सडक विस्तार गरेको जनाएको छ । पालिकाको सूचना शाखाले दिएको जानकारी अनुसार गएको वर्षमा चार कि.मी सडक कालोपत्रे गरिएको थियो । नयाँ ट्रयाक २६ किलोमिटर खोलिएको छ भने आठ किलोमिटर सडक गाभे्रल गरिएको छ ।
गत आर्थिक बर्षमा पक्की नाला समेत विस्तार गरिएको योजना शाखाले जनाएको छ । थप ४ कि.मी सडक कालोपत्रे हुदै गरेको र केही महिनामै सम्पन्न हुने भएको छ । उनले भने,“ नगरपालिकाको आफनौ लागतमा उक्त सडक पिच गरेका हौं, १ कि.मी सडक पिच गर्न १ करोड भन्दा पनि बढी रकम खर्च हुने गर्दछ ।” उनले अघि भने,“पिच गरिएको सडकमा कालोपत्रे मात्र गरिदैन, पक्की नाला निर्माण देखि पहिरो रोकथामको भौतिक निर्माण गरिन्छ । ”
योजना शाखाको तथ्याङक अनुसार गएको वर्षमा ११ वटा वडामा कुल १२ कि.मी नयाँ ट्रयाक विस्तार गरिएको छ । जस अनुसार वडा नं १ मा छ सय २० मिटर, वडा नं ३ मा छ सय ५० मिटर, वडा नं ४ मा एक सय मिटर, वडा नं ५ मा आठ सय ५३ मिटर, वडा नं ६ मा आठ सय ३५ मिटर, वडा नं ८ मा सात सय ५० मिटर, वडा नं ९ मा एक हजार दुई सय मिटर, वडा नं १० मा एक हजार मिटर, वडा नं १२ मा चार सय ९२ मिटर, वडा नं १३ मा दुई हजार चार सय ९० मिटर र वडा नं १४ मा दुई हजार आठ सय ९० मिटर सडक नयाँ ट्रयाक विस्तार गरिएको छ ।
त्यसैगरि ८ वडा मा २४ कि.मी बाटोमा ग्राबेल गरिएको छ । जस अनुसार वडा नं ६ मा छ कि.मी, वडा नं ८ मा सात सय २० मिटर, वडा नं १० मा साढे एक कि.मी, वडा नं ११ मा पाँच कि.मी, वडा नं १२ मा दुई कि.मी, वडा नं १३ मा दुई कि.मी र वडा नं १४ मा छ सय ८० मिटर बाटोमा ग्राबेल गरिएको छ ।