ऋषिङ म्याराथनको तयारी अन्तिम चरणमा दमौली÷प्रथम पटक आयोजना हुन लागेको ऋषिङ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी गराएका
छन् ।
अध्यक्ष श्रेष्ठले तनहुँ आवाजलाई दिएको जानकारी अनुसार म्याराथनको धावनमार्ग सरसफाई तथा मर्मतको काम अन्तिम चरणमा पुगको छ । यसका साथै धावन मार्गको ८ स्थानमा हेल्पडेस्क राख्ने निर्णय भएको छ भने विभिन्न स्थानमा धावकका लागि स्वागत द्वारा निर्माण तथा धावकको सहयोगका लागि विभिन्न ३२ आमा समूह तथा युवा क्लब परिचालन गर्ने निर्णय भएको
छ । अध्यक्ष श्रेष्ठका अनुसार खुल्ला, आन्तिरिक र महिलाको लागि छुट्टा छुट्टै हुने म्याराथन प्रतियोगिताको उद्घाटन संविधान सभा सदस्य झुलबहादुर आले र अध्यक्ष श्रेष्ठले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको छ । गढीमा निर्माण गर्न लागिएको भ्यू टावरको शिलान्यास भने आलेले
गर्नेछन् । यसैगरी विजेता धावकहरुलाई पुरस्कार वितरण तथा दुभुङ भ्यु टावरको उद्घाटन पूर्व मन्त्री तथा नेपाली कांग्रेस तरुण विभागका प्रमुख शंकर भण्डारीले गर्ने कार्यक्रम
रहेको छ ।
बाह्य सम्पर्क समितिका संयोजक तथा नेका तनहुँ क्षेत्र नं २ का सचिव इन्द्रबहादुर आलेका अनुसार सोही अवसरमा नेपालका ख्यातिप्राप्त धावकहरु बैकुण्ठ मानन्धर, मीरा राई तथा जीतबहादुर केसीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
पौष २७ गते सोमबार सम्पन्न हुने म्याराथन ऋषिङ(८ गढीबाट सुरु हुनेछ । गढीबाट सुरुहुने खुल्ला म्याराथन ऋषिङ(३, दुभुङमा गएर समापन हुने र यसको दूरी ४० किमी हुनेछ । यसैगरी गाउँ पालिका भित्रका महिला तथा पुरुषले मात्र सहभागिता जनाउन सक्ने १० किमी दूरीको म्याराथन पनि गढीबाट नै सुरु हुनेछ र वडा नं ६को ज्यामीरेमाई मन्दिर परिसरका गएर सम्पन्न हुनेछ । गाउँ पालिका भित्रका महिलाले मात्र सहभागिता जनाउन पाउने महिला तर्फको म्याराथन जम्मा ४ किमीको हुनेछ । गढीबाट सुरु हुने उक्त प्रतियोगिता वडा नं ७ को दुर्गा भवानी मन्दिर परिसरमा गएर सम्पन्न हुनेछ ।
हालसम्म एक दर्जन धावकले खुल्ला म्याराथनका लागि आवेदन भरेका र करिब ४० धावकले प्रतियोगिताका सहाभागिता जनाउने प्रतिवद्धता नजाएका आयोजकले जनाएको छ ।
ऋषिङ म्याराथनको तयारी अन्तिम चरणमा
previous post