ऋषिङ्ग/११४ औं अन्तर्राष्टिय नारी दिवसको अवसरमा ऋषिङ्ग गाउँपालिकाले विभिन्न प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पालिकाले ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ शिर्षकमा ऋषिङ्ग गाउँपालिका स्तरीय महिला खुल्ला वक्तृत्वकला प्रतियोगिता, घैटो फुटाइ तथा साङगितिक कुर्ची घुमाई खेल प्रतियोगिता (महिला कर्मचारी र महिला जनप्रतिनिधि बीच) आयोजना गर्ने भएको छ ।
फागुन २२ गते हुने भनिएको खुल्ला महिला वक्तृत्वकला प्रतियोगिताको दर्ता निशुल्क रहेको छ भने प्रतियोगितामा प्रथम हुनेलाई दश हजार रुपैयाँ र प्रमाण पत्र, द्वितियलाई सात हजार र प्रमाण पत्र, तृतियलाई पाँच हजार र प्रमाण पत्र, सान्तवनालाई दुई हजार र प्रमाण पत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
साथै सोहि दिन हुने घैटो फुटाई खेल प्रतियोगितामा घैटो फुटाउनेलाई दुई हजार रुपैयाँ प्रदान गरीने छ भने साङगितिक कुर्ची घुमाई खेल प्रतियोगितामा प्रथमलाई दुई हजार र प्रमाण पत्र, द्वितियलाई एक हजार पाँच सय र प्रमाण पत्र र तृतियलाई एक हजार र प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।
त्यस्तै, गाउँपालिकाले प्रतियोगितामा भाग लिन चहानेलाई फागुन २२ गते १० वजे भित्र नाम दर्ता गराउन अनुरोध गरेको छ ।