ऋषिङ । मंसिरको तेस्रो साताबाट ऋषिङ्गमा दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मंगलबार दमौलीमा आयोजित पत्रकार सम्मेलन मार्फत सो को जानकारी ऋषिङ्ग गाउँपालिकाले गराएको थियो । प्रतियोगिताका बारेमा प्रकाश पार्दै गाउँ पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले खेल पर्यटनको माध्यमबाट ऋषिङको विकास गर्ने मूल लक्ष्यका साथ ‘अध्यक्ष कप’ भलिबल प्रतियोगिता निरन्तरता दिइएको बताए ।
प्रतियोगिता वडा नं. १ झापुटारमा गरिने छ । मंसिर १८ देखि २२ सम्म खेल सञ्चालन हुने छ । प्रतियोगितामा ५० टिमको सहभागीता हुने आयोजिकले अनुमान गरेको छ । सुरक्षा निकायसंग समन्वय गरी आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ ।
मंसिर १ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नु पर्नेछ । प्रतियोगितामा प्रथम हुने समूहले नगद एकलाख ४० हजार प्राप्त गर्नेछ भने द्वितीय हुनेले नगद एक लाख प्राप्त गर्नेछ । यसैगरी प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टिमले नगद ६० हजार तथा सान्त्वना स्थान प्राप्त गर्ने टिमले नगद ३० हजार प्राप्त गर्नेछन् । नगद पुरस्कारका साथमा शिल्ड, प्रमाण पत्र प्राप्त गर्ने जानकारी पत्रकार सम्मेलनमा गराइयो ।
राज्यको नयाँ संरचना संगै बनेका गाउँ पालिका मध्ये अल्ट्रा म्याराथन आयोजना पहिलो गाउँ पालिका बनेर चर्चा कमाएको ऋषिङ गाउँपालिकाले यस वर्ष पनि उक्त प्रतियोगिताको आयोजना गर्ने भएको छ । पौष २७ गते दोस्रो अल्ट्रा म्याराथन आयोजना गर्ने जानकारी गराउँदै महिला खेलाडीहरुलाई समेत प्रोत्साहन गर्न उपाध्यक्ष कप भलिबल प्रतियोगिता समेत यस वर्षबाट आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले पत्रकारहरुसामु जानकारी गराए । अन्तर पालिका स्तरमा हुने यो प्रतियोगित चैते दशैको अवसर पारेर वडा नं ५ को पिपलटारमा आयोजना
हुनेछ ।
ऋषिङमा दोस्रो अध्यक्ष कप
previous post