दमौली/आदिकवि भानुभक्त क्याम्पस व्यवस्थापन विद्यार्थी सर्कलले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी केन्द्रिय समितिका सदस्य प्रदीप घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए । प्रमुख अतिथि घिमिरेले व्यानर बाचन तथा रक्तदातालाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
मानवीय सेवा मूलक विद्यार्थी गतिविधि गर्ने विद्यार्थी सर्कलको कार्ययोजना अनुसार कार्तिक ११ गते आयोजित रक्तदान कार्यक्रमका विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका उपसभापति एवं स्वास्थ्य समितिका संयोजक ऋषिराम पोख्रेलले विद्यार्थी सर्कलका सेवामूलक कार्यमा रेडक्रसको सँधै साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ठ अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनाले विद्यार्थीहरुको सेवा मूलक कार्यक्रमको प्रसंसा गर्नुभयो ।
विद्यार्थीहरुको सिर्जनात्मक कार्यक्रममा हौसला बढाउन आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महेश्वर हड्खले, प्राध्यापकहरु, नेपाल रेडक्रस जुनियर तथा युथ सर्कलका अध्यक्ष सन्देश अधिकारी समेतको सक्रिय सहभगिता रहेको थियो ।
आदिकवि भानुभक्त बहुमुखी क्याम्पस व्यवस्थापन विद्यार्थी सर्कलका कार्यवहाक अध्यक्ष दिनेश वि.क.को अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमको सर्कलका सचिव सुमन खड्काले सञ्चालन गरेका थिए भने उपसभापति अस्मिता अधिकारीले आमन्त्रित अतिथि तथा रक्तदाताहरुको स्वागत मन्तब्य राख्नु भएको थियो ।
विद्यार्थी सर्कलसंग सम्बद्ध विद्यार्थीहरुले रक्तदान गर्न पनि भनसुन गर्न पर्ने हो र ? भन्दै देशभर रगतको अभावको समयमा पनि रक्तदान गर्न इच्छुकले रक्तदान गर्न नपाएको गुनासो गरेका थिए । सर्कलको संयोजनमा तीन जनाले रक्तदान गर्ने भनिएकोमा २९ जनाले मात्र रक्तदान गरेका थिए ।
आदिकविमा खुल्ला रक्तदान
previous post