दमौली/व्यास नगर पालिकाको आयोजनामा हुन लागेको आठौं अल्ट्रा म्याराथन प्रतियोगिता शहीद दिवसको दिन भोली सम्पन्न हुँदैछ ।
पर्यटकीय स्थल व्यास –५, मानहुँकोटबाट प्रारम्भ भएर व्यास–८ पुलिमराङ सहिद स्मारक पार्क पुगेर समापन हुने राष्ट्रिय स्तरको खुल्ला अल्ट्रा म्याराथनमा भाग लिन चाहनेलाई सहभागी फारम भर्न नगरपालिकाले आग्रह गरेको छ ।
४४ किमिको प्रतियोगिता सहभागी धावकले मानहुँकोट सिद्ध मार्ग हुँदै, अलैंचे, चापाघाट, पृथ्वीराजमार्ग, दुर्गा मन्दिर, अनसन चौतारी, सफा सडक, भोर्लेटार चोक हुँदै धावन गर्ने रुट तयार गरिएको छ । यसैगरी व्यास मार्गको बैरेनी, कुमालटारी, दुम्सी, खहरे, कलेस्ती, बोटेटार, पाथ्रा, सत्रसय, पाताल, शहीद कालिका मार्गको बानियाँ डिही, बर्लाँची, सोतीवेसी, वडा कार्यालय रिस्ती, बाहुनपोखरा, गाडापानी हुँदै पुलिमराङ पुग्नु पर्नेछ ।
माघ १६ गते विहान साढे सात बजे प्रारम्भ हुने प्रतियोगितामा सहभागी हुन माघ १५ गते मध्यान्ह २ बजेसम्म सहभागी फारम भरिसक्नु पर्ने छ भने तीन सय रुपैया शुल्क तिर्नु पर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने धावकले पुरस्कार स्वरुप नगद ८५,०८२ रुपैया प्राप्त गर्नेछन् । यसैगरी द्वितीय हुनेले नगद रु ६५,०८२, तृतीय हुनेले ५५,०८२ तथा सान्त्वना स्थान प्राप्त गर्ने पाँच जनाले जनही १६,०८२ प्राप्त गर्नेछन् ।
आठौं अल्ट्रा म्याराथन भोली
previous post
