शरणार्थीहरुसंग एकता भन्ने नाराका साथ यस वर्षको विश्व शरणार्थी दिवस आज मनाइँदैछ । हरेक वर्ष जुन २० तारिखमा यो दिवस मनाउने गरिन्छ । शरणार्थीहरुको सुरक्षा, समावेशीता र जीवनको गुणस्तरको सुनिश्चितताको लागि यो दिवस मनाउने गरिएको हो ।
शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्र सङ्घको साधारण सभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रिय स्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिँदै आएको छ । संयुक्त राष्ट्र सङ्घले अरू मानिस झैँ शरणार्थी मानिसहरू रहेको र उनीहरूले आफ्नो बसोबासमा सामान्य रूपमा फर्किन चाहने अधिकारलाई प्रमुखताका साथ उठाउँदै आएको छ । त्यसका लागि विश्वभर मानवीयता, सहअस्तित्व, विविधता र शरणार्थीहरू प्रति खुल्ला हृदयहरूको आवश्यकता छ भन्ने विश्वास राखेको छ । नेपाल भने तीन दशकभन्दा बढी देखि भुटानी शरणार्थी समस्या व्यहोर्न अभिषप्त छ ।
नेपाली भाषी भुटानीलाई भुटानी सरकारले बलात देश निकाला गरेसंगै नेपालमा शरणार्थी जीवन बिताइरहको उनीहरुको ससम्मान भुटान फिर्तिको वातावरण निर्माण नेपालको लागि चुनौति बनेको छ ।
यस्तोमा केही भुटानी अमेरिका वसोवासका लागि पुगेका छन् । ति भुटानीको नाममा नक्कली शरणार्थी खडा गरेर नेपालीलाई अमेरिका पठाउने षडयन्त्रको पर्दाफास भएसंगै विश्व जगतमा नेपाल बदनाम भएको छ ।
आज विश्व शरणार्थी दिवस
previous post