दमौली/व्यास नगरपालिकाद्वारा स्थापित ‘व्यास नगरपालिका विकास पत्रकारिता पुरस्कार २०७८’ पहिलो पटक पत्रकार ओमकार आचार्यलाई प्रदान गरेको छ ।
पत्रकारीता पुरस्कार व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले आमन्त्रित पत्रकारहरुका बीचमा उपप्रमुख मिरा जोशी, कार्यत्रकारी डिल्लीराम सिग्देल समेतको रोहबरमा प्रदान गर्नुभएको थियो ।
नगरपालिकाले स्थापना गरेको यो पुरस्कार व्यास नगरपालिकाको विकासका क्षेत्रमा उत्कृष्ट कलम चलाएको मूल्याङ्कनको आधारमा मूल्याङ्कन समितिले मादी एफ एमका स्टेशन म्यानेजर, मादीसेती प्रवाह दैनिकका सम्पादक समेत रहेका नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको हो ।
पुरस्कारको राशी नगद दश हजार रहेको छ । यो पुरस्कारको विजेता छनौटका लागि व्यास नगरपालिकाका कार्यकारी डिल्लीराम सिग्देलको संयोजकत्वमा व्यास नगरपालिकाका अधिकृत मेघनाथ आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष उज्जल पौडेल समेत रहेको छनौट समिति गठन गरिएको
थियो । यही छनौट समितिको सिफारिसका आधारमा यो पुरस्कार ओमकार आचार्यलाई प्रदान गरिएको थियो ।
असार १० गतेबाट शुरु भएको व्यास नगरपालिकाको ३५औं नगरसभाको आज बुधबार दशौं दिन समापनका क्रममा पत्रकारहरुलाई विशेष आमन्त्रण गरी आचार्यलाई व्यास नगर विकास पत्रकारीता पुरस्कार प्रदान गरेर व्यास नगरपालिकाले संस्थागत रुपमा विकास गतिविधिमा आफ्नो कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गर्दै जाने सन्देश दिएको छ ।
आचार्यलाई व्यासको पहिलो पुरस्कार
previous post