दमौली/ पीडित पक्षलाई राहत उपलब्ध गराउन राहत कोषको खुलेमा सहयोग गर्न उत्सुक रहेको दाताहरुले इच्छा प्रकट गरिरहेका छन् । अमेरिका निवासी हेमबहादुर थापा तथा हेममायाँ थापाले हेममायाँ फाउण्डेशन काठमाण्डौ मार्फत पचास हजार नगद सहयोग गर्न चाहेको कुरा झापा दमकबाट बहिनी सर्जु बुढाथोकीले बताईन । कहाँ कसरी उपलब्ध गराउने माध्यमको खोजीमा थापा दम्पत्ति रहेको बुढाथोकीले बताईन ।
दमौलीका पुराना र चर्चित दुई सप्लायर्समा आईतवार फागुन २२ विहान अकल्पनीय आगलागि भएको खबर थापा दम्पत्तीले विभिन्न सञ्चार माध्यमसंगसंगै प्रत्यक्षदर्शी बहिनी बुढाथोकीबाट पाएका थिए । भूपाल हार्डवयरबाट शुरु भएको आगलागि संगै रहेको ज्योति जनरल सप्लायर्समा पनि ठूलो क्षति पु¥याएको छ ।
दुई सप्लायर्सका उत्तरी भेगमा रहेका अन्य चार घरमा पनि आगोको ज्वालाको लप्काले छुँदा ठूलो क्षति पु¥याएको छ । चार घण्टासम्म नियन्त्रणमा आउन नसकेको आगलागिको त्रासले सुरक्षाको प्रबन्ध मिलाउँने क्रममा निकालिएका सरसमानहरु हराएको पीडितहरु बताउँछन् । तनहूसुर मिनि मार्केट समेतका नौवटा घर टहरामा पनि सो आगोले क्षति पुगेको छ । संघीय सरकार र स्थानीय सरकारलाई परिचालन गरेका मन्त्री कृष्णकुमार श्रेष्ठ हेलिकप्टर दमकल मै सवार भै आगो नियन्त्रणमा लिन घटानस्थलमै पुगेका थिए । ज्योति जनरल सप्लायर्सका सञ्चालक रमेश कुमार श्रेष्ठका अनुसार साढे दुई करोड अब घर बनाउँदा खर्च हुने अनुमान छ भने करिब दुई करोड बराबरको मालसमानको नोक्सान भएको छ । भूपाल हाडवेयर्सका सञ्चालक भूपाल आलेका अनुसार अनुमानित दश करोड बराबरको क्षति उनले व्यहोर्न परेको छ । आगलागि पीडित परिवारलाई भेटर सान्त्वना दिन आगलागि भएको भोलिपल्टै दमौली आएका काँग्रेस नेता गोविन्द राज जोशीले नेपाल सरकारसंग आगलागिबाट समाजलाई बचाउने संयन्त्र नहुँदा सिम्रिक एयरको हेलिकप्टर दमकल ल्याउन परेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले नागरिकको धन सम्पत्तिको संरक्षण सरकारले गर्न नसकेतापनि उदारतापूर्वक क्षतिपूर्ति उपलब्ध गराउन आव्हान गरेका छन् । विहान साढे नौबजेबाट शुरु भएको ठूलो आगलागि चार घण्टासम्म नियन्त्रणमा लिन नसकेको कमजोरी स्थानीय सरकारको पनि भएकोप्रति सजग गराउँदै नेता जोशीले स्थानीय सरकारहरुले फजुल खर्चलाई नियन्त्रण गरेर नगरवासीको जीऊधनको सुरक्षाको प्रबन्ध गर्न स्थानीय सरकार सक्षम हुनुपर्नेमा जोड दिए । यसैगरी घटनास्थलको अवलोकन गरेर पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जाहेर गर्न तनहुँका राजनीतिक दलका नेताहरु आएका पीडितको घरघरमा पुगेका थिए ।
आगलागि पीडितलाई सहयोग गर्ने इच्छा प्रकट
previous post