छानुङ/घिरिङ गाउँपालिका वडा नं. २ छानुङमा एक घरमा आगलागि हुँदा छ जनाको परिवार विस्थापित भएको छ । मंसिर १७ गते सुक्रबार विहान कुँडो पकाउने क्रममा कपाडाबाट आगो लागेर खरको छानो भएको घरलाई नष्ट गरेको थियो । मानवीय क्षति केही नभएको भएतापनि खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा केही पनि निकाल्न नपाएको पिडित रामबहादुर परियारले बताए ।
नेपाल रेडक्रस सोसाईटी उपशाखाले घटनास्थलमै पुगेर राहत स्वरुप एक हजार नगद तत्कालै उपलब्ध गराई थप राहतको लागि जिल्ला शाखालाई सिफारिस गरेको उपशाखा सभापति श्रीराम खनालले बताए । आगलागि पिडित रामबहादुर परियार र गनमायाँ परियारको दुई छोरा र दुई छोरी रहेका छन् । नेपाल प्रहरी गजरकोट चौकीका असई रुक्माङगत न्यौपानेले आगलागिको मुचुल्का तयार पारी घिरिङ पालिएका पठाई दिएको र पिडित आएमा उपलब्ध गराउन सक्ने समेत बताए ।
नेपाल रेडक्रस सोसाईटी गजरकोट उपशाखाका सभापति श्रीराम खनाल, उपसभापति इमानसिं थापा, सचिव तारानाथ पोखरेल र कोषाध्यक्ष जगबहादुर श्रेष्ठ घटनास्थलमा पुगेर पीडितलाई आर्थिक राहत उपलब्ध गराएका थिए ।
अग्निपीडितको क्षतिको अवलोकन गर्दै नेपाल रेडक्रस गजरकोट उपशाखा