दमौली/दमौली अस्पतालले आफ्नो स्तरोन्नतीको लागि सरोकारवालासँग सहयोगको अपिल गरेको छ । शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै तनहुँ क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य केदार सिग्देलले अस्पतालमा सुत्केरी गराउने ठाउँँ तथा प्राविधिक कर्मचारी नभएको गुनासो आएको बताए । जिल्ला समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले व्यास ३ स्थित भेटेनरी अस्पतालको केही जग्गा अस्पताललाई दिने तयार रहेको बताए । व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने, दमौली अस्पताल व्यवस्थापन समितीका पूर्व अध्यक्ष अशोक कुमार श्रेष्ठ, समितीका अध्यक्ष प्रदिपराज अधिकारी लगायतले अस्पतालको स्तरोन्नतीको लागि सरोकारवालाले सहयोग गनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा प्रतिनीधि सभा सदस्यहरु कृष्णकुमार श्रेष्ठ, कलिला खान, प्रदेश सभा सदस्य द्वयडोबाटे विक र सरिता गुरुङलगायतको उपस्थिति रहेको थियो ।
अस्पतालको स्तरोन्नतिका लागि सहयोगको अपिल
previous post