दमौली/छैटौ आदिवासी जनजाति सांस्कृतिक महोत्सव पुष २४ देखि माघ ५ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद तनहुँका अुनसार सांस्कृतिक संरक्षणः लोपोन्मुख भाषा, लिपि, संस्कार र संस्कृतिलाई एउटै थलोमा प्रदर्शन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवबाट बचेको रकम व्यास नपा–१२, कमलबारीस्थित भानु–घाँसीग्राम भित्र बन्ने ’खुला जीवन्त सांस्कृतिक संग्रहालय’ निर्माणमा खर्च गरिने छ ।
| सामान्यतया मानव कानका लागि ७० डेसिबलभन्दा बढीको ध्वनी हानिकारक मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार अस्पताल क्षेत्रमा दिउँसो ५० डेसिबलभन्दा कमको तथा आवासीय क्षेत्रमा दिउँसो ५५ डेसिबलसम्मको ध्वनी उपयुक्त मानिन्छ । नेपालमा आयोजना हुने मेला महोत्सवमा अक्सर १०० देखि १२० डेसिबलसम्मको आवाज बजाउने गरिन्छ । जुन विरामी र अन्य मानिसको दैनिकी असहज बनाउन पर्याप्त हुन्छ । |
बीपी वनवाटिका खेल मैदानमा आयोजना गर्न लागिएको महोत्सव खेल प्रेमी युवाहरुको चर्काे विरोध पछि दमौली अस्पतालको आडमा रहेको खुल्ला मैदानमा हुने भएको हो । अस्पतालको आडमा महोत्सव गर्न लागिएपछि आम नागरिकमा बहस प्रारम्भ भएको छ । अस्पतालको आडमा अनि घना वस्तीको बीचमा महोत्सव गर्न लागिएको भन्दै बहसमा आयोजकहरु बिरामीहरुका प्रति असंवेदनशील भएको भन्ने कोणबाट विचार व्यक्त हुन थालेका छन् ।
सामान्यतया मानव कानका लागि ७० डेसिबलभन्दा बढीको ध्वनी हानिकारक मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार अस्पताल क्षेत्रमा दिउँसो ५० डेसिबलभन्दा कमको तथा आवासीय क्षेत्रमा दिउँसो ५५ डेसिबलसम्मको ध्वनी उपयुक्त मानिन्छ ।
नेपालमा आयोजना हुने मेला महोत्सवमा अक्सर १०० देखि १२० डेसिबलसम्मको आवाज बजाउने गरिन्छ । ५० डेसिबलभन्दा कम आवाजमा बस्नु पर्ने विरामी अनि ५५ डेसिबलको ध्वनीमा वस्नुपर्ने आवासीय क्षेत्रका वासिन्दाको अवस्था १२० डेसिबलको आवाजमा बस्नुपर्दा अवश्य सहज हुनेछैन ।
मेला महोत्सवको आयोजनाले अर्थतन्त्र चलायमान हुने मात्र होइन स्थानीय र राष्ट्रिय प्रतिभाले प्रस्फुटित हुने मौका पाउँछन् । स्थानीय उत्पादनले बजार पाउँछन् । हाम्रो सभ्यता, संस्कृति, परम्परा, रैथाने ज्ञान र उद्यमशीलताको प्रचार प्रसार र प्रवद्र्धन हुन्छ । तर मानव स्वास्थ्यमा नकारात्मक असर नपर्ने, मानिसलाई आवत जावतमा अवरोध नहुने स्थानलाई महोत्सव स्थल बनाउनु उपयुक्त हुन्छ ।
आडैमा अस्पताल भएको र त्यहाँ मुटु लगाएतका संवेदनशील रोगका विरामी उपचाररत हुन सक्ने तथा नजिकै घना वस्ती भएकोले उनीहरुलाई समेत नकारात्मक असर पर्ने तर्फ आयोजक संस्थाको ध्यान नपुगको हो कि ?
