
दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाले तनहुँबाट प्रकाशित वा सञ्चालित संचार माध्यमको अभिलेखिकरण गर्न आव्हान गरेको छ । महासंघको बैशाख ३० गते बसेको बैठकको निर्णय अनुसार सो आव्हान गरिएको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारीले बताउनु भयो ।
महासंघले आव्हान गरे अनुसार छापा, अनलाइन, रेडियो, टेलिभिजनको अभिलेखीकरण गर्न लागेको हो । महासंघले आफ्नो सञ्चार माध्यमसंग सम्बद्ध सूचना विभाग दर्ता, प्रेस काउन्सिल सूचीकृत, नवीकरण, पान नम्बर, करचुक्ता विवरण लगायत कागज पत्रहरु जेठ १० गतेभित्र महासंघको कार्यालयमा पु¥याउन वा इमेल [email protected] मार्फत् पठाउन आव्हान गरेको छ ।
बैठकले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको परिपत्र अनुसार तीन वर्षको सदस्यता नवीकरणका लागि आवश्यक रकम बुझाउन आग्रह गर्ने निर्णय गरेको छ ।