कोटदरबार/आफ्नो दुःख, सुख र गाउँको विकासका लागि नेतृत्व गर्ने अभिभावक झुलबहादुर आलेलाई गुमाउनु पर्दा ऋषिङ्ग क्षेत्र यतिबेला शोकमा डुबेको छ । ऋषिङ्ग क्षेत्र मात्रै होइन, नेपाली काँग्रेस तनहुँको संगठनमा आले परिवारको पुस्तेउली योगदान बुझेका तनहुँ काँग्रेसका कुशल संगठकहरु पनि आलेको वियोगमा भावुक बनेका छन् ।
नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले नेपाली काँग्रेस तनहुँको कार्यालय अगाडि राखिएको स्व. आलेको पार्थिक शरीरमा पुष्पगुच्छा चढाएर भावपूर्ण श्रद्धाञ्चली ज्ञापन गर्नुभएको थियो । यस अघि प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी, नेका तनहुँका पूर्व सभापति ध्रुब वाग्ले लगायतले पनि स्व. आलेप्रति श्रद्धाञ्ली ज्ञापन गर्नुभएको थियो ।
स्व. आलेको स्वास्थ्यस्थितिमा समस्या देखिएपछि निरन्तर साथमा रहेर सहयोग गरेका श्रीराम आलेले ऋषिङ्गका गणेशमानको सम्मान व्यक्त गर्दै झुलबहादुरको निधनले पुरै ऋषिङ्ग शोकाकुल, भावविह्वल भएको बताउनु भयो ।
स्व. झुलबहादुर आले सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । २०३९ सालमा साविक कोटदरबार गाविसको उपप्रधानपञ्च, २०४९ साल देखि ५४ साल सम्म गाविसको अध्यक्ष, २०६६ सालमा नेपाली कांग्रेसको क्षत्रीय सभापति हुनु भएको थियो । त्यसैगरी संविधान सभा निर्वाचनमा समानुपातिकबाट सदस्यमा निर्वाचित हुनु भएको थियो । स्व. आले ऋषिङ गाउँपालिका–७ घिरिङथोकमा जन्मनु भएको थियो ।
स्वर्गिय आलेको शवको शनिबार ऋषिङ गाउँपालिका–५ स्थित गडगडी घाटमा दाह सस्कार गरिएको छ । स्व. आलेको अन्त्यष्टिमा जिल्ला कार्य समितिका प्रायः सबै पुग्दा ऋषिङ्ग गाउँपालिकामा झुलबहादुर आलेकै उत्तराधिकारीका रुपमा ऋषिङ्गको नेतृत्व गरिरहनु भएका अध्यक्ष एवं नेपाली काँग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठको अनुपस्थित रहेको चर्चा छ ।
अभिभावक गुमाउँदा शोकमा डुबेको ऋषिङ
previous post