दमौली/नेपाली कांग्रेसका इमानदार सच्चा कार्यकर्ता तिर्थबहादुर अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले शब्द श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

जोशीले एक विज्ञप्ति प्रकाशित गरि तनहुँ जिल्ला भानु–नं.१३, निवासी समाजसेवी तिर्थ बहादुर अधिकारीको ७७ वर्षको उमेरमा भएको असमयिक निधन प्रति दुःख व्यक्त गर्नुभएको हो । जोशीले प्रजातान्त्रिक आन्दोलनलाई सैद्धान्तिक निष्ठा र इमानदारी पूर्वक योगदान पु¥याउनु भएको स्व.अधिकारी तत्कालिन सतिस्वाँरामा वडा अध्यक्ष भई विकास निर्माणमा निःस्वार्थ सक्रिय रहेको स्मरण गर्नुभयो । दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएका जोशीले शोकसन्तप्त छोराहरु जीवन, भूवन, सागर, तेजकुमार अधिकारी र छोरी पूर्णमाया कुँवर लगायत अधिकारी परिवार र वहाँका इष्टमित्रहरूमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
बीपी विचार समाज तनहुँका सभापति एवं केन्द्रिय सदस्य हरिशरण पण्डितले पनि शोक प्रकट गर्नुभएको छ ।
पण्डितले एक विज्ञप्ति प्रकाशित गरि तनहुँ जिल्ला भानु नगरपालिका वडा नं.१३, स्वतिस्वरा निवासी प्रजातन्त्रसेनानी तिर्थ बहादुर अधिकारीको ७७ वर्षको उमेरमा भएको असमयिक निधन प्रति दुःख व्यक्त गर्नुभएको छ । पण्डिले प्रजातान्त्रिक आन्दोलनमा आजीवन लड्नुभएका अधिकारी वीपी विचार समाज क्षेत्र नम्बर १ तनहुँको उपसभापति पदमा रहेर काम गर्नु भएका थियो । वहाँको असामयिक निधनले समाज अत्यन्त स्तब्ध र दुखित भएको जनाएको छ । दिवंगत आत्माको गोलोक वासकोे कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । यस दुःखद घडीमा परिवारजन र वहाँका इष्टमित्रहरूमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।