दमौली/नेपाल अडिटर्स एशोसिएशन जिल्ला कार्य समिति तनहुँको प्रशासन ‘अडान जर्नल’ को मंगलबार दमौलीमा विमोचन भएको छ । जर्नल एक समारोहका बीच लेखापरिक्षण समितिका केन्द्रिय सदस्य सत्यप्रसाद खनालबाट विमोचन भएको हो । जर्नल करदाता र लेखापरिक्षकहरुका लागि उपयोगि भएको खनालले बताउनु भयो । कस्तो संस्था वा कारोवारमा कति कर लाग्ने, लेखापरिक्षण गर्दा तयार गर्नुपर्ने प्रतिवेदनको ढाँचा विशेष गरी सामुदायिक र संस्थागत विद्यालयहरुको लेखापरिक्षण प्रतिवेदन ढाँचा समेत समावेश भएको हुँदा करदाता र लेखा परिक्षकहरुलाई जर्नल उपयोगि रहेको अडान तनहुँका अध्यक्ष मिनराज गौतम बताउनु हुन्छ ।
अडानका सचिव भोजबहादुर थापाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा मानकुमार तिम्ला, केपिलामणि शर्मा, सब्बु श्रेष्ठ, श्रीभद्र खनाल र नवराज लौडारी समेतले मन्तब्य राख्नु भएको थियो ।
अडान जर्नल विमोचन
previous post