अक्षय
प्रिय पाठक महानुभावहरू !
गताङ्कमा हामीले गुरु र शिष्यको बिचमा हुने सम्बन्धका बारेमा चर्चा ग¥यौं । यस अङ्कमा हामी गुरु प्रति शिष्यमा हुनुपर्ने आज्ञाकारी भावको बारेमा केही चर्चा गर्छाैं ।
वास्तविक शिष्यले पूर्ण रूपमा गुरुको सबै कुरामा आज्ञापालन गर्दछ, किनभने गुरु बुद्धि र पवित्रताको प्रतिरूप हुनुहुन्छ । यदि हामीले आफ्नो इच्छालाई स्वामी (गुरु)को इच्छानुसार (जस्को इच्छा ईश्वरसित मिल्छ ।) चलायौं भने हामी तत्काल सहजतापूर्वक दैवत्वको मार्गमा पुग्न सक्छौं । सांसारिक मान्छे र साधुहरू बिचको खास फरक भनेको नै, साधुहरूको बुद्धि दैविक इच्छानुसार चलेको हुन्छ ।
कुनै कुनै शिष्यले भन्दा अन्य शिष्यले भन्दा राम्रो आत्मिक उन्नति गर्न सक्छन्, किन ? किनभने, कसरी ध्यान दिएर सुन्ने कला (Listening Power) को बारेमा उनीहरूलाई बढी जानकारी छ । सबै मानिस गुरुले दिएको, भनेको कुरामा गाढा ध्यान दिएर आफुलाई रूपान्तरण गर्न सक्छन् । यो सबै धर्मशास्त्रमा पाइने सामान्य नैतिकता हो । आफ्नो उमेर वा अहंले मान्छेलाई यो सिँढी चढ्न रोकेको छ । यदि हजुर सत्यतथ्यलाई तात्विक रूपमा बुझ्न चाहनु हुन्छ भने हजुरले आफ्ना सबै अहङ्कारलाई गुरुको सामु तिलाञ्जली दिन सक्नुपर्छ ।
हाम्रा धर्मशास्त्रहरूमा स्पष्ट रूपमा भनिएको छ ः–
गुरुर्ब्रह्माः गुरुर्विष्णु, गुरुर्देव महेश्वरः
गुरुरेक परंब्रह्मः तस्मै श्री गुरवे नमः
अर्थात् सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु एवं सृष्टिको संहारकर्ता महेश्वर नै गुरु हुनुहुन्छ । गुरु नै एक मात्र परंब्रह्म हुनुहुन्छ, यसकारण उहाँलाई नमस्कार छ । गुरुको शरणमा पूर्ण रूपमा समर्पित भएको अवस्थामा गुरुले हामीले उठाउनु पर्ने भारी आपैंm उठाई दिनुहुन्छ । आफ्ना शिष्यहरूको उत्थानको लागि गुरु परमेश्वरसित प्रार्थना गर्नुहुन्छ । गुरु प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्ना शिष्यहरूको निरन्तर हितकोलागि क्रीयाशील रहनुहुन्छ ।