रमेश विकल
आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती निरन्तरतामा सीमित राख्दै विविध कार्यक्रमका यस बर्षपनि
मनाइयो । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले असार २७, २८ र २९ गते विभिन्न त्रिदिवसीय कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
समितिका कार्यकारी निर्देशक शंकर रानाभाटका अनुसार असार २७ गते स्थानीय मठ मन्दिरमा पुजा अर्चना र साँझ दिपावली गरियो । कार्यक्रमको दोस्रो दिन २८ गते भानु जन्मस्थल हाल भानु नपा –४ चुँदी रम्घामा देशव्यापी खुल्ला कविता प्रतियोगिताका साथै भानुभक्तीय रचना पाठ तथा विद्यालय स्तरिय खुल्ला कविता प्रतियोगिता आयोजना गरियो ।
खुल्ला कविता प्रतियोगितामा सहभागी १५ कविहरु मध्ये सूर्यमुखी फूल शीर्षक कविता वाचन गरेका रामेछापका कवि विक्रमपवन परियार प्रथम भए । यसैगरी प्रतियोगितामा विहादी–२ पर्वतका कवि तारानाथ पराजुली द्वितीय भए । उनको कविताको शीर्षक मैले नजन्माएका छोरीहरु रहेको थियो । पर्वतकै कवि लक्ष्मीदेवी गौडेल प्रतियोगितामा तृतीय भईन । उनले प्रिय कविको सम्झनामा शीर्षक कविता वाचन गरेकी थिइन् । प्रतियोगितामा वन्नीगढी जयगड–३ अछामका कवि मिनप्रसाद पाण्डे तथा बिराटनगर मोरङका कवि कशव भण्डारी कञ्चनले सान्त्वना स्थान प्राप्त गरे । पाण्डेको कविताको शीर्षक मुजारे गुराँस तथा भण्डारीको कविताको शीर्षक देश छाड्नुअघि रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना स्थान प्राप्त गर्ने कविहरुले क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच/पाँच हजार नगद तथा प्रमाण पत्र प्राप्त गरे ।
]नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल, धीरेन्द्र प्रेमर्षी र डा. विन्दु शर्मा निर्णायक रहेको प्रतियोगितामा सहभागिताका लागि देशका विभिन्न ३५ जिल्लाबाट एकसय १२ कविता प्राप्त भएको भएपनि प्रथम चरणको छनौटमा परेका १५ कविले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाएका थिए ।
सोही दिन सम्पन्न भानुभक्तिय रचना पाठ प्रतियोगितामा सुस्मिता तिमल्सिना प्रथम, मधुकला आचार्य द्वितीय, सञ्जय श्रेष्ठ तृतीय र विदुर खनाल तथा केशवप्रकृति तिमल्सिना सान्त्वना भए । उनीहरुले क्रमषः पाँच हजार, तीन हजार, दुइ हजार तथा एक/एक हजार नगद तथा प्रमाणपत्र प्राप्त गरे ।
भानु जयन्तीका अवसरमा आयोजित विद्यालय स्तरिय खुल्ला कविता प्रतियोगितामा अभिप्सा सापकोटा प्रथम, आयूष आचार्य द्वितीय, आर्शीवाद कट्टेल तृतीय र विनाभक्त नेपाली तथा विनिषा श्रेष्ठ सान्त्वना भए ।
उनीहरुले पनि mमषः पाँच हजार, तीन हजार, दुइ हजार तथा एक÷एक हजार नगद तथा प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रमको अन्तिम दिन प्रभातफेरी, भानुभक्तको प्रतिमामा पुजा अर्चना, पञ्चकन्याबाट रामायण वाचन, पुरस्कार वितरण लगाएतका कार्यक्रम गरि पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ को प्रमुख आतिथ्यतामा समापन गरिएको समितिले जनाएको छ ।
भानु जयन्तीकै अवसर पारेर गीतल प्रतिष्ठान तथा नाटक मञ्च नेपालले दमौलीमा प्रभात फेरी तथा भानु–घाँसी पार्क व्यास–१२ मा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
विसं १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मेका भानुभक्तले आफ्नो ५४ वर्षको जीवनअवधिमा रामायण, भक्तमाला, प्रश्नोत्तर, बधूशिक्षा तथा रामगीता जस्ता कृति र ३ दर्जन बढी फुटकर कविता रचना गरेको थिए । प्रसिद्ध ग्रन्थ रामायणलाई नेपाली जनजिब्रोमा लोकप्रिय बनाउन सफल आचार्यको मृत्यु ६ असोज १९२५ मा भएको थियो ।