कलेस्ती/व्यास नपा– ९ कलेस्तीमा रहेको कलेस्ती उपत्यका महिला विकास समाजको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाले रामप्यारी आलेको अध्क्षताका नयाँ कार्य समिति समेत चयन गरेको छ । समाजको उपाध्यक्षमा अप्सरा घर्ती, सचिवमा निर्मला आचार्य तथा सहसचिवमा पार्वती आचार्य तथा कोषाध्यक्षमा जानुका अधिकारी निर्वाचित भएका
छन् । यसैगरी समाजका सदस्यहरुमा रमा क्षेत्री, पद्मा पाण्डे, उमा आचार्य, चेतना परियार, सिता राना, नारायणी पौडेल, आशुमायाँ गिरी तथा नानुमायाँ राना रहेका छन् । तीन वर्षे कार्यकालका निर्वाचित भए पछि मन्तव्य राख्दै अध्यक्ष आलेले कलेस्ती उपत्यकाका आमा समूहहरुको छाता संगठन भएकाले सामूहिक भलाइको लागि आफुहरुले आगामि दिनहरुमा काम गर्ने बताईन । वडा नं ९ की वडा सदस्य ज्ञानु सुनारको प्रमुख आतिथ्यका सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथी सुनारले महिलाहरु संगठित भएर अगाडि आएको बुराले आफुलाई खुसी तुल्याएको बताईन । उनले आगामि दिनहरुमा पनि सामुहिक हितका लागि काम गर्न र संगठित भएर अगाडि बढ्न सबैलाई आग्रह गरिन् ।