दमौली÷“तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक, सामाजिक विकासको पूर्वाधार” भन्ने मुल नाराका साथ सञ्चालित सातौं तनहुँ महोत्सव– २०७६ सोमबार सकिएको छ ।
जिल्ला सदरमुकाम दमौलीमा गत पुस २४ गते सुरु भएको महोत्सवको समापन प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा समापन गरिएको हो । महोत्सव समापन गर्दै सांसद श्रेष्ठले यस्ता मेला महोत्सवले स्थानीय अर्थव्यवस्थालाई चलाएमान बनाउने बताउँदै मेला महोत्सवमा स्थानीय स्तरमा उत्पादित वस्तुको बजारीकरणमा जोड दिनुपर्नेमा बताए । समापन मन्तव्यको अधिकांश समय प्रतिपक्षी नेपाली कांग्रेसलाई विकास विरोधी भएको र आफु एक्लैले तनहुँका सबै विकास निर्माणको काम गरेको भनेर चर्चा गर्न खर्चेका उनले तनहुँ साहित्यिक, सांस्कृतिक, धार्मीक, एतिहासिक महत्वको रहेका उल्लेख गर्न भने भुलेनन् ।
महोत्सव आयोजक मुल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा समापान समारोह आयोजना भएको थियो । महोत्सवको समापन गर्दै अध्यक्ष श्रेष्ठले महोत्सव सफल बनाउन सहयोग गर्ने दर्शक, व्यापारी, किसान, कलाकार लगाएत सबैलाई धन्यवाद ज्ञापन गरे ।