दमौली/नेपाली कांग्रेस तनहुँले पार्टीले सञ्चालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको मंगलबार बीपी स्मृति भवन परिसरमा एक कार्यक्रम गरी समापन गरेको छ ।
कार्यवाहक सभापति जितप्रकाश आलेको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथी कांग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कांग्रेस यतिबेला संगठन निर्माणको काममा लाग्नु पर्ने बताए । उनले पार्टी भित्रका मत भिन्नताहरुलाई हल गर्दे बलियो काग्रेस बनाउन सबै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । सरकार भ्रष्टाचारी को संरक्षक भएको आरोप लगाउँदै घर्तीले न्याय पालिकाको स्वतन्त्रता समेत खोसिएको जिकिर गरे । स्थानीय नेता कार्यकर्ताका गुनासाको सुनुवाई हुने वताउँदै घर्तीले यसैका लागि पार्टीले टोलटोलमा पुगेर जागरण अभियान सञ्चालन गर्न नेताहरुलाई खटाएको उल्लेख गरे ।
समापन कार्यक्रममा बोल्दै पूर्व केन्द्रीय सदस्य अमरराज कैनीले एउटा निर्वाचन हार्दैमा पार्टी समाप्त नुहने भन्दै कार्यकर्तालाई आत्मबल दह्रो बनाएर संगठन निर्माणमा लाग्न आग्रह गरे । अर्का बक्ता टकराज गुरुङले कांग्रेस एकजुट भएर अगाडि बढ्न सके भविष्य सुनौलो रहेको उल्लेख गर्दे गुटगत राजनीति त्याग्न आम कार्यकर्ताले दिएको सुझाबलाई नेतृत्वले आत्मसाथ गर्नु पर्ने उल्लेख गरे । नेता रामचन्द्र पोख्रेलले जिल्लमा देखिएको गुटगत असन्तुष्टि हल गर्दै पार्टीलाई मजबुत बनाउनु आवश्यक रहेको बताए ।
भाद्र २४ गते देशभर वृक्षा रोपण गरेर प्रारम्भ भएको जागरण अभियान १५ दिन चलेर मंगलबार सम्पन्न भएको हो ।