नेपालमा वैदेशिक दवावका कारण औधोगिकरण सुधारका सरकारी कार्यक्रमहरु असफल बन्दै गएका छन् । विकासको लागि स्वतन्त्र प्रदेशहरुमा उत्पादन र व्यापारको लागि रणनैतिक र राजनैतिक प्रतिस्पर्धा कायम हुनु पर्दछ । क्रान्ति ग¥यौं भन्नेहरुले क्रान्ति के का लागि र किन ग¥यौं भन्ने बुझ्नु जरुरी छ । क्रान्तिको वास्तविक अर्थ यस्तो छ– समाजमा पहिले स्थापित भएका मूल्य मान्यता, राजनैतिक संस्था, सामाजिक संरचना, नेतृत्व, सरकारी काम र योजनाहरुमा बलपूर्वक गरिने हिंसात्मक परिवर्तन हो । क्रान्ति पछि सुधारको माध्यमबाट बाहिर निस्किएर समाज रुपान्तरणमा जोडनु पर्दछ । क्रान्ति शोषित र दमित नागरिकको लागि उत्सव हुन् । क्रान्ति भनेको संरचनात्मक रुपान्तरण हो । गरिब जनताको चेतनाको रुपान्तरण हो । विकास र समृद्धिको नयाँ योजनाको घोषणा पत्रको खाका हो ।
सामाजिक आन्दोलनको मान्यताले परिवर्तनका मूल उद्देश्यहरुलाई पुष्टी गर्न सक्नु पर्दछ । नयाँ सत्ताले नयाँ खालका कानूनसँग पुरानो कानूनसँग मिलाएर अघि बढ्नु पर्ने हुन्छ । भर्खरै स्थापित भएको राज्य व्यवस्थाले आफ्नो संयन्त्रमार्फत समाजलाई वैज्ञानिक बाटोबाट संमृद्ध पार्न प्रयत्न गर्नु पर्दछ । प्रजातान्त्रिक प्रणाली र बजार अर्थव्यवस्थाबाट आर्थिक समृद्धिको मार्ग पहिल्याउनु पर्दछ । आर्थिक तस्करीलाई कडा ढंगले नियन्त्रण गर्नु पर्दछ । हाल आएर नेपालको अर्थ व्यवस्था अन्तर्राष्ट्रिय आर्थिक संकलन मार्फत संञ्चालित छ । उत्पादन, वितरण, आयात, निर्यात, अनुदान सहयोग, आर्थिक पारदर्शिता कायम गर्न सकिएन भने अर्थव्यवस्था अराजकतातिर धकेलिन्छ । वर्तमान समयमा यस्तै क्रियाकलाप बामगठबन्धनको सरकारले प्रदर्शन गरिरहेको छ । कानून यस्तो संयन्त्र हो – जहाँ सरकारले गरेका कामहरुको विषयमा कुनै निश्चित व्यक्ति वा समूहले असहमति व्यक्त गर्ने ठाउँ र अधिकार निर्दिष्ट गरिएको हुन्छ । के यस्तो रबैया यो सरकारले गरेको छ त ? हाल प्रजातान्त्रिक मूल्य र मान्यतामाथि निरंकुश हाबी भइ रहेको छ । कानूनी व्यवस्था कायम हुन सकेको छैन । जस्तैःकञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाही ।
सरकारले गरेको कमजोरी जनसाधारणसँग पु¥याउन र जनदवाव मार्फत सरकारलाई सचेत गराउने कार्य गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ढिला गर्नु
हुँदैन । किनकी दूरदराज, झुप्रावस्ती, सडकपेटीमा बसोबास गरि जिविकोपार्जन गरिरहेका जनतामा चेतनाको स्तर न्यून भएको कारण जनसाधारणलाई सुसुचित गराउन कांग्रेसले अलमल गर्नु हुदैन । किनकी यस्तो अगुवाईले राजनैतिक र आर्थिक परिवर्तनलाई बढावा दिन्छ । भ्रष्ट र निरंकुशताबादी सत्ता विशेष व्यक्तिको हातमा रहेको छ । बोल्ने, लेख्ने, संगठन गर्ने क्रियाकलापहरु माथि निरंकुश ढंगले बन्देज लगाइएको छ । विधीको शासनले निर्धारित नियम र समूहको प्रबृत्तिलाई प्रतिनिधिन्व गर्दछ । खै सुधारात्म संकेत यो सरकारबाट हुने स्थिति देखा परेको छैन । यो
सरकारले ब्यक्तिगत व्यवहारको नियन्त्रण माथि शासन गरिरहेको छ ।
सरकार सञ्चालन गरिरहेका शासकहरुले प्रतिपक्षका विरुद्धमा सहजै हिंसा र धम्कीलाई आफ्नो राजनैतिक साधन बनाईरहेका छन् । समाजमा धेरै मानिस आपराधिक प्रवृत्तिका हुन्छन्– तिनलाई नियन्त्रण गर्न सकेमा मात्र सत्ता स्थीर हुन्छ । यस्ता कार्यमा सरकार लाचार र निरिह छ । ठूलो झुण्डको बलमा सरकारले दम्भ प्रदर्शन गर्न कुनै कसर बाँकी राखेको छैन । अब भन्नुहोस्– विकास र समृद्धि कसरी प्राप्त हुन्छ ? पद र पैसामा लोभ्याएर आफ्नो सत्तालाई हत्या, हिंसा, बलात्कार, निरंकुशता र गैह्रजिम्मेवार बाटोमा सरकार अगाडि बढीरहेको छ । के यही हो त सिंहदरबारको अधिकार गाउँ–गाउँमा आएको ? यस्ता नेताको राजनीतिले शासनको स्थायीत्व कायम हुन सक्दैन । देशलाई बर्बादीको दिशा तिर मोडिरहेका छन् ।
सरकारले आफ्ना नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न बौद्धिक र चिन्तनशिल व्यक्ति प्रत्येक तहमा आवश्यक व्यवस्थापन गर्नु पर्दछ । यस्ता कुनै भरोसायोग्य व्यक्ति यो सरकारसँग छँदैछैन । अब भन्नुहोस्, आविष्कार गरेको संघियता धरापमा छ कि छैन ? ब्रेकफेल भएको गाडी झै यो सरकार कुँदीरहेको छ । समयमै सुधार होस्– शुभकामना ।