वैशाख ३० मा भएको स्थानीय निकायको निर्वाचनको परिणाम आइसकेको छ । देश भरका ७५३ मध्ये बाजुरा जिल्लाको बुढीगंगा नगर पालिका बाहेकमा निर्वाचन सम्पन्न भएर स्थानीय सरकारहरु आ–आप्mनो काममा लागि सकेका छन् ।
निर्वाचन आयोगबाट उपलब्ध तथ्याङ्क अनुसार सबैभन्दा धेरै ३२९ स्थानीय निकायको नेतृत्वमा जित हात पारेर नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ भने २०५ स्थान जितेर एमाले दोस्रो तथा १२१ पालिकाको प्रमुख जितेर माओवादी केन्द तेस्रो भएको छ । माधव नेपालको पार्टी २० स्थान सहित पाँचौ स्थानमा रहेको छ भने जसपाले ३० तथा लोसपाले १६ पालिकाको प्रमुख जितेका छन् । यो भयो चुनावी परिणामको कुरा । तर मैले यो आलेखमा चुनावी परिणाम भन्दा पनि दल भित्रको आन्तरिक बेमेलका कारण उनीहरुले व्यहोरेको क्षतिका बारेमा चर्चा गर्न लागेको हुँ ।
स्थानीय निर्वाचनबाट ठूलो बनेको दलको कुरा गरौं । कांग्रेसका एकसय भन्दा बढी उम्मेदबारले एकसय भन्दा कमको मतान्तरले हारेका छन् । कांग्रेसका अनुसार यो पराजयमा उम्मेदबार छनौटामा भएको कमजोरी प्रमुख कारण रहेको छ । खासगरी यस अघि पालिकाको नेतृत्व गरेका व्यक्तिलाई दोहो¥याउन खोज्दा माथिल्लो देखि तल्लो तहसम्मका नेता तथा कार्यकर्ता पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिने, दिन लगाउने वा अन्यलाई सघाउने तर्फ लागेका देखियो । एमाले वा माओवादीको हकमा पनि त्यस्तै नतिजाहरु आए ।
२०७४ कोे स्थानीय निर्वाचनमा २९४ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको एमाले यस पटक ८९ सिट गुमाउँदै २०५ मा खुम्चियो । उसले हारको कारण कांग्रेस, माओवादी तथा समाजवादीको गठबन्धन भन्दा पनि आफू भित्रकै अन्तर्धात भन्न निष्कर्ष निकालेको छ । अघिल्लो निर्वाचनमा भन्दा १५बढी स्थानमा जितेको माओवादी आत्मसमिक्षाबाट टाढा भागेर कांग्रेस गठबन्धनका प्रति इमान्दार नभएकाले अपेक्षित सिट जित्न नसकेको भन्दैछ भने भर्खरै जन्मेको माधव नेपालको पार्टी कांग्रेसको बुई चढेर पोखरा जस्तो महानगर जित्दा पनि कांग्रेसले घोखा दिएको भनेर घारेहात लगाउनमा व्यस्त छ । नेताले एमाले छोडेका तर कार्यकर्ता तथा मतदाता तहमा सूर्य चिन्हको अमिट छाप रहेको र उनीहरु तुरुन्त कलमतिर सर्न तयार नभएको सत्य आत्मसाथ गर्न समाजवादीका नेताहरुले सकेको दखिएको छैन ।
तनहुँ र जिल्ला सदरमुकाम रहेको व्यास नपाका कुरा गरौं । कांग्रेसबाट उम्मेदबार बनाइएका बैकुण्ठ न्यौपानेलाई प्रमुख पदमा पुनः विजयी हुन फलामको च्यूरा खाए सरह भयो । मेयरमा दोहोरिन चाहँदा आफु मेयर हुँदा प्रवक्ता बनाएका व्यक्ति देखि संविधान सभा सदस्य भैसकेका नेताहरुको समेत साथ र सहयोग न्यौपानेले पाउन सकेनन् । न्यौपानेकै वुइ चढेर राजनतिक उचाई प्राप्त गरेका उनका विश्वास पात्रहरु पार्टी परित्याग गरेको घोषणा सहित उनका विरुद्ध खुलेर लागे । पार्टी सभापति तथा नगर प्रमुख हुँदा पार्टी भित्रैका तर फरक विचार राख्नेहरुका प्रति न्यौपानेले गरेको भनिएको व्यवहारका कारण धेरै कांग्रेसजन उनी दोहोरिउन भन्ने चाहँदैनथे ।
ऋषिङको अध्यक्षमा दोहोरिन चाहेका राजेन्द्रकृष्ण श्रेष्ठकालागि दाहोरिने चाह निकै महंगो भयो । अघिल्लो पटक दुइहजार चार सय भन्दा बढी मतको अन्तरले विजयी भएका उनी यसपटक तीनसयबाट केही बढी मतको अन्तरले मात्र विजयी भए । उनलाई दोहोरिन नदिन संविधान सभा सदस्य देखि पालिका सभापतिसम्म विद्रोही उम्मेदबार उठाएर लागि परे । कांग्रेस–कांग्रेस भिडेका छन्, त्यसैले यस पटक हामी सहज जित हात पार्छाै भन्ने एमाले उम्मेदबार तथा स्थानीय नेता कार्यकर्तामा अति आत्मविश्वास नभएको भए कांग्रेसका हातबाट पालिका प्रमुखको पद एमालेको हातमा जाने थियो, यस पटक । यो त लोग्ने मारेर सौतालाई विधवा बनाएँ भनेर काखी बजाए जस्तो हुन्थेन र ? काखी बजाउन खोजेको तर एमालेको अतिआत्म विश्वासका कारण नपाएकोमा एमालेका प्रति खेद छ वा सौतासंगै आफु पनि पो विधवा भइने रहेछ भन्ने यथार्थ बोध भएर पछुतो भएको छ कुन्नी ?
माओवादी गढ भनिएको बन्दिपुरमा लोग्ने मारेर सौता विधवा वनाउने खेल खेले माओवादी नेता कार्यकर्ता र सफल भए अनि अहिले शायद बुझ्दै होलान् सौतासंगै आफु पनि पो विधवा भइएछ । यही नियती भोग्दै र शायद आफ्नै कर्मका प्रति पश्चाताप गर्दै होलान् देवघाटका एमाले नेता कार्यकर्ता, जसका कारण कांग्रेसको हातमा स्थानीय सत्ता गयो । म्याग्देका माया हराउ अभियानका अभियन्ता, आँबुका गिरबहादुर थापालाई कुनैपनि मूल्यमा हराउन लागि पर्नेहरु पनि शायद त्यही दुःखमा छन् ।
जे जस्ता खेलहरु भएपनि कुरा के मात्र हो भने ज–जसले पार्टीका आधिकारिक उम्मेदबार विरुद्ध खुल्ला वा लुकिछिपि खेल खेले त्यो नीति कथाको दुइ टाउके पंछी भारुण्डको जस्तो खेल खेले । दोहोरिन चाहने वा पहिलो पटक उम्मेदबार भएका जो कोहीलाई हराउन आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरु जसरी लागेको देखियो, यसले आगामी दिनमा उनीहरुका राजनैतिक यात्रको बाटो पनि सरल हुनेछैन बुझ्दा हुन्छ । एउटै बाटो हिँड्नेहरुले सहयात्रीका मात्र बाटो भत्काउँछु भनेर सम्भव छ ? सहयात्रीको बाटो भत्किँदा आफ्नो पति भत्किन्छ भन्ने हेक्का किन नरोखेको ? दोहोरिन चाहनेहरुले पार्टीको लाईनभन्दा बाहिर गएर काम गरे । जनपक्षिय काम गरेनन् भन्ने हो भने पार्टी संरचना थियो त लगाम लगाउन । लगाम लगाउने बेला सामान्य व्यक्तिगत स्वार्थको पछि दौडेर केही भएको छैन जस्तो गरी चुपचाप बस्ने तर जब निर्वाचनको बेला आउँछ अनि बदलाको भावले आफ्नालाई हराउने र अरुलाई जिताउने खेलमा लाग्नु कदापी राम्रो होइन् ।
यो वा त्यो भन्ने छैन तर पार्टीका नेता तथा कार्यकर्ताहरुमा आफुले पद पाए ठिक अन्यथा बेठिक भन्ने जुन भावको द्रुत विस्तार भइरहेको छ, त्यो असल राजनीति गर्नेहरु अनि गर्न चाहनेहरुका लागि शुभ संकेत होइन् । लोग्ने मारेर सौता विधवा बनाउने प्रवृत्ति धातक हो । अझ राजनीति गर्छु भन्नेहरुले बुझ्नु पर्ने के हो भने सहयात्रीको बाटो भत्काउँछु भन्दै गर्दा आफ्नो बाटो चाहीँ सुरक्षित हुन्छ भन्ठान्नु मुर्खता बाहेक केही होइन् ।
राजनैतिक दलमा बढ्दै गएका भारुण्डहरुका कारण दलकै अस्तित्व संकटमा पर्ने निश्चित छ । दलका नेताहरुले आत्म समिक्षा
गरुन् ।
लोग्ने मारेर सौता विधवा
previous post