आज ७७ साल बैशाखको चार गते नेपाली नयाँ बर्ष भित्रिएको भरखर तीन दिन भएको छ । विगतका बर्षहरुमा जस्तो यो बर्ष हर्षोउल्लासका साथ नयाँ बर्षलाई स्वागत गर्न पाइएन । यस पटकको नयाँ बर्ष सामाजिक सञ्जालमा शुभकामना आदान प्रदान र सामान्य पारिवारीक जमघट नै सीमित रहन पुग्यो । लकडाउनका कारणले व्यापारीक तथा पर्यटकीय क्षेत्रहरुको अर्थतन्त्रमा यो समयमा ठूलो नोक्सान हुन पुगेको छ । यदि लकडाउनको समस्या हुँदैनथ्यो भने दुई गतेबाटै नयाँ शैक्षिक सत्र पनि शुरु भैसक्ने थियो । त्यो पनि हुन सकेको छैन । न त कोरोना महामारीको कारण विश्वको मृत्यूसंग पौठेजोरी खेली रहेको अवस्थामा माथि भनिएका समस्याहरु तुलनीय हुनै सक्दैन । यद्यपी हामीले आफ्नो यथार्थता र धरातललाई पनि नजर अन्दाज गरिरहनु, जायज नहोला । यो आलेख तयार गर्दैगर्दाको समय सम्म तेस्रो चरणको लकडाउन समाप्त भएर चौथो चरणको शुरु भैसकेको छ । मैले मेरो पूर्व लेखहरुमा पनि उल्लेख गरेको थिएँ र आज पनि दोहो¥याउँदै छु । अहिलेको यो अवस्थाबाट बच्न लकडाउनलाई अनुशासन पूर्वक पालना गर्नुको विकल्प छैन । सरकारले चौथो चरणको ल कडाउनको तयारी गर्दै गर्दा अन्य केही पक्षहरुको लागि पनि रणनीति बनाउने र समयमै गृहकार्य शुरु गर्नुपर्ने देखिन्छ । सरकारको ध्यानदृष्टि नपुगेको त होइन र पनि एउटा नागरिकको हैसियतले पुनः सरकारलाई सूचित गराउने जमर्को गरेको मात्र हूँ ।
चीनको उहान प्रान्तबाट शुरु भएको भाईरस यतिबेला विश्वभ्रमणमा छ । बरु आजको समयमा चीनमा अवस्था सामान्य भैसक्यो तर पूर्वबाट शुरु भएको यो भाईरसले आजको समयमा सात समुन्द्र पारी पश्चिमी राष्ट्रहरुमा ताण्डव मच्चाउँदैछ । यसबाट न त यूरोपको सर्वोच्कृष्ठ स्वास्थ्य सेवा भएको इटाली बच्न सक्यो, न त विश्वले नै सर्वशक्तिमान मानेको अमेरिका । अमेरिका बन्द गर्न बनेको राष्ट्र होइन भन्ने ट्रम्पको घमण्डले गर्दा आज विश्वमा कोरोनाको कारण सबैभन्दा बढी मृत्यू हुनेहरुको संख्या अमेरिकामै हुनु पर्ने दुर्भाग्य सहन बाध्य छन् अमेरिकीहरु । यस्तो अवस्थामा लकडाउनको अनुशासन पूर्वक पालना नगर्नु भनेको हाम्रो लागि जानी जानी सर्पको प्वालमा हात हाल्नु सरह नै हो । तसर्थ लकडाउनको विकल्प हामीसंग छैन । नागरिकको हकमा त लकडाउनको अनुशासन पूर्वक पालना गरिदिँदा धेरै समस्या रहेन । तर सरकारसंग भने यतिखेर दुईवटा ठूला चुनौतिहरु संगसगै छन् । पहिलो, लकडाउनलाई कसरी सफल बनाउने र आफ्नो नागरिकलाई कसरी सुरक्षित राख्ने ? दोस्रो, लकडाउन खुले लगत्तै राज्य सञ्चालनको काम कारवाहीलाई कसरी सुव्यवस्थित रुपमा अगाडि बढाउने ।
आजको मितिमा सरकारको सबैभन्दा ठूलो चुनौति र दायित्व भनेको नागरिकको सुरक्षा नै हो । तीनतिरबाट सीमाना जोडिएको, भारतमा कोरोनाको संक्रमण बढ्नु र भारतसंग नेपालको खुल्ला सीमाना हुनु हाम्रो लागि यतिबेला धेरै ठूलो समस्या भएको छ । अन्य राष्ट्रहरुसंग हवाई उडान बन्द भएकोले यति समस्या नभएपनि भारतसंगको मामलामा भने, हदैसम्मको सर्तकता अपनाउनु जरुरी छ । होइन भने यति लामो समयसम्मको कोरोना विरुद्धको हाम्रो युद्ध वेकार हुन सक्दछ ।
हुन त सरकारले विदेशमा रहेको कुनै पनि नेपालीलाई स्वदेश ल्याउन नसकिने भनिरहेको छ, तर यसो भन्दै गर्दा पनि सरकारले आफ्नो नागरिकलार्य नेपाल ल्याउन पर्ने अवस्थाको तयारी पनि आजैको मितिबाट शुरु गरिहाल्नु पर्ने देखिन्छ । मैले किन यसो भनेको हूँ भने अहिले जति पनि नेपाली विदेशमा छन् यी सबैको अवस्था एउटै छैन । दुवई, कतार, साउदी अरेविया लगाएतका देशहरुले नेपाली कामदारको पनि आफ्नै नारिक सरह ख्याल राख्ने र उपचार गरिदिने कुरा अगाडि बढाएका छन् । तर अमेरिका अस्ट्रिेलिया लगायतका देशले स्वदेश फर्कन भनिरहेको छन् । यो कुरालाई नजर अन्दाज गर्नु हुँदैन । त्यस्तो अवस्था त नआयोस्, तर अति प्रभावित देशहरुले सबैलाई स्वदेश फिर्न बाध्यात्मक स्थिति बनायो यदि भने हामीसंग उनिहरुलाई नेपाल ल्याउनको अर्को विकल्प हुँदैन । या त सरकारले तिनीहरु बाँचेपनि त्यतै बाँच मरेपनि त्यतै मर भन्नु प¥यो, या त नेपाल ल्याउन सक्नु प¥यो । पहिलो कुराको कुनै पनि दृष्टिकोणबाट संभावनै हुँदैन । यसैले हामी दोस्रो कुराको लागि तयार हुनु पर्दछ । यदि त्यस्तो भयो भने हजारौ होइन लाखौंको संख्यामा नेपाली स्वदेश फर्कन्छन् । तिनको व्यवस्थापन कसरी गर्ने ? चाईनाबाट फर्किएका मुठ्ठीभर विद्यार्थीलाई राख्ने क्वारेन्टार्यनको व्यवस्था गर्न सरकारले गर्नु परेको संघर्षबाट पाठ सिकेर समय छँदै तयारी पु¥याउनु बुद्धिमानी हुन्छ । किनकि जतिनै ल्याउदिन ल्याउँदिन भनेपनि नेपाली नै हुन्, अन्तिममा नल्याई हुँदैन । यस्तो अवस्था त नआउँला । आएपनि अलि पछि नै होला । तर भारतसंगको मामलामा भने सरकारले तत्काल कदम चालि हाल्नु पर्दछ । एक सीमा सुरक्षाको विषयमा । अर्को न्यून पारिश्रमिकका काम गरिरहेका र यतिखेर अलपत्र परेका नेपालीहरुको जीवन रक्षाको विषयमा ।
आज विश्वकै प्रमुख उद्देश्य भनेको कोरोनासंगको लडाई जित्नु हो । हामीसंग भने आजको साथसाथै भोलिको पनि चुनौतिहरु छन् । अझ कति समय यसरी नै लकडाउन गर्नुपर्ने हो त कतिसमय सम्म दैनिकी अस्तव्यस्त हुने हो ठ्याक्कै भन्न सकिने अवस्था छैन । यदि केही गरी हामीले सोंचे भन्दा धेरै नै लामो समयसम्म लकडाउनको अवधि लम्बियो भने भोलिको दिनमा व्यवस्थित रुपमा कामकारवाही अगाडि बढाउन समस्या पर्न सक्दछ । त्यसकारण त्यतातर्फ पनि सोंचेर भोलि के गर्ने र कसरी गर्ने भन्ने कुराको पनि गृहकार्य शुरु गरिहाल्नु पर्दछ । जस्तो कि गतबर्षको एसइइ परीक्षाकै कुरा गरौं, लकडाउन खुले लगत्तै एसइइ सम्पन्न गर्नुपर्ने र समयमै नतिजा प्रकाशन गर्नुपर्ने चुनौति छ । कक्षा ११ र १२ को परीक्षालाई पनि कसरी समयमै व्यवस्थित गर्ने ? यो समस्या पनि छ । सरकारले श्रमजीवि मजदूर वर्गको लागि पहिलो चरणको राहत बाँड्यो, तर यदि एक महिना अझ लकडाउन लम्बिने हो भने अहिलेको भन्दा चारपाँच गुणा बढी राहत बाँड्नु पर्ने हुन्छ । त्यसको आर्थिक व्यवस्थापन कसरी गर्ने ? भाईरसकै परिक्षण र स्वास्थ्य सामाग्रीमा पनि अरर्वौ अर्व खर्च हुने पक्का छ । यो पनि सायद आगामि बर्षको बजेटबाट परिपूर्ति हुने होला । किनभने यो बर्ष त हामी कोरोनाको लागि तयार नै थिएनौं । अब यो अनपेक्षित र अकस्मिक खर्चलाई कसरी व्यवस्थापन गर्ने ? नेपालको बार्षिक बजेटमा मित्रराष्ट्रहरुले गर्ने सहयोग र अनुदान को पनि ठूलो हिस्सा हुन्छ । तर आगामि बर्षमा त मित्र राष्ट्रहरुले हामीलाई दिदै आएको सहयोगमा पनि कटौति होला । किनभने कोरोनाको कारण यतिखेर उनिहरुकै अर्थतन्त्र धरासाई भैरहेको छ । त्यसको परिपूर्ति कुन माध्यमबाट गर्ने ? यस्ता धेरै पक्षहरु छन् जुनतर्फ सरकारले समय छँदै विचार पु¥याउनु आवश्यक छ । अर्को सानो उदाहरणलाई हेरौं, मानौं बैशाख महिनाभरि लकडाउन गर्नुपर्ने भयो, नीजि विद्यालयका अभिभावकले पढाई नभएकोले शुल्क तिर्न मानेन्, अभिभावकले शुल्क नदिएपछि विद्यालयले पनि शिक्षकलाई पारिश्रमिक दिएन, अब सोचौं नेपालमा कति नीजि विद्यालय होलान् र त्यसमा कति शिक्षकहरु कार्यरत होलान् । त्यो अवस्था आयो भने कति हजारले दुःख पाउलान त । त्यस्तो अवस्थामा उनिहरुको समस्यालाई कस्ले कसरी सम्बोधन गर्ने ? तसर्थ यस्ता धेरै क्षेत्र र पक्षहरु छन् जहाँ हाम्रो ध्यान दृष्टि प्रयाप्त पुगेको छैन ।
हो, आजको हाम्रो पहिलो प्राथमिकता भनेको, विश्वमा नै अवस्था सामान्य नभएसम्म कोरोनाबाट सुरक्षित रहनु हो । तर एउटा जिम्मेवार सरकारको दायित्व भनेको वर्तमानको साथसाथै भविष्यलाई पनि व्यवस्थित र सुरक्षित बनाउनु हो । आज सबै नेपाली नागरिक सरकारलाई कोरानाबाट बचाउ जे गर्नु पर्छ गर, भन्दै छन् । तर भोलिको लागि आवश्यक तयारी भएन भने बेला छँदै सरकारले विचार पु¥याएन काम गरी खान गाह्रो भयो भनेर विरोध गर्ने पनि हामी नागरिक नै हुन्छौं । तसर्थ आज बाँच्दै भोलि कसरी सजिलोसंग बाँच्ने ? भन्ने कुराको लागि प्रयाप्त रणनीति र गृहकार्य आवश्यक छ । शक्तिशाली र धनी देश त भोलि अवस्था सामान्य भएपछि छिट्टै तंग्री हाल्छन् तर हाम्रो जस्तो जन्मदै नागरिकलाई राज्यको ऋण बोकाउनु पर्ने राष्ट्रलाई तंग्रिन पनि धेरै बल पर्दछ । यसैले समयमै यस्ता सुक्ष्म पक्षहरुको बारेमा सरकारको ध्यान पुगोस् । ता कि कोरोना पछिका दिनहरु सहज हुन सकून ।
लक डाउन र थपिएको चुनौति
previous post