माघ २ मा प्रकाशित तनहुँ आवाजमा हाम्रा नियमित स्तम्भकार छविदीप आलेको “कंक्रिटमा परिणत रेमिट्यान्स” शिर्षक आलेख प्रकाशित भएको थियो । नेपाली दाजुभाइले रगत र पसिनासंग साटेर कमाएको धनलाई उत्पादन मूलक काममा लगानी गरौं भन्ने आशय आलेखको रहेको थियो । यसका साथै हाम्रो राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको छ । जुन दीर्घकालमा घातक हुनसक्छ, त्यसैले यसको सचेतता पूर्वक प्रयोग गर्नु र उत्पादन मूलक काममा लगाउनु आजको आवश्यकता भएको आलेखको सार अंश थियो ।
फेरी उल्लेख गरौं, नेपालमा हरेक वर्ष अर्बाै रेमिट्यान्स भित्रिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार यसको सबैभन्दा ठूलो हिस्सा अर्थात २८ प्रतिशत वचतमा जान्छ । यो लगानीमा परिणत हुन्छ भन्ने मान्ने हो भने पनि प्रत्यक्ष लगानीमा जाने १.१ प्रतिशतमात्र छ । नभए कामको खोजिमा विदेशिन बाध्य हामीले साहुसंग लिएको ऋणको साँवा व्याज तिर्नमा सबैभन्दा ठूलो भाग खर्च हुने गरेको राष्ट्र बंैकको तथ्याङ्गले देखाएको छ । तथ्याङ्गक अनुसार ऋण तिर्नमात्र रेमिट्यान्सको २५.३ प्रतिशत खर्च हुने गरेको छ । दैनिक उपभोग्य वस्तु खरिदमा २३.९ प्रतिशत खर्च हुने गरेको छ भने शिक्षा र स्वास्थ्यमा ९.७ प्रतिशत । यसैगरी विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यहरुमा ३.५ प्रतिशत तथा सम्पत्ती खरिदमा ३ प्रतिशत र व्यापारमा १.१ प्रतिशत र अन्यमा ५.५ प्रतिशत खर्चहुने गरेको राष्ट्र बैंकका तथ्याङ्गक बताउँछ ।
यो तथ्याङ्गकलाई हेर्ने हो भने प्रत्यक्ष उत्पादन मूलक क्षेत्रमा लगानी भएको रेमिट्यान्सको अंश सारै सानो देखिन्छ । दैनिक उपभोग्य वस्तुमा हुने गरेको खर्चलाई हेर्ने र आफ्ना छोरा÷छोरीसंग टाढीएर कमाएको पैसा उनीहरुको शिक्षा र स्वास्थ्यमा भएको खर्चको अंश देख्दा कठै भन्नु बाहेक आउँदैन । रेमिट्यान्सको खर्चलाई हेर्दा जसले कमाएको छ उसको भागमा प्रतिफल अत्यन्त न्युन पर्ने देखिन्छ । त्यसैले जसले पराई भूमिमा गएर रगत पसिना बगाएर कमाएका छन्, उनीहरुले त्यसको उत्पादन मूलक क्षेत्रमा लगानी गर्ने सोंच बनाउनु जरुरी छ ।