छिम्लिस्वाँरा/म्याग्दे–४ छिम्लिश्वारा छाङमा कालिका मोइ आमा समुहको भवन शिलान्यास भएको छ । भवनको सामाजिक विकास मन्त्री नरदेवी पुन र म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायाँदेवी रानाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
११ लाखको लागतमा बन्ने आमा समुहको भवन २०७८ साल असार १५ गते सम्ममा सक्ने लक्ष्य राखिएको छ । कार्यक्रममा स्थानीय युवती हरूले कौरा नृत्य प्रस्तुत गरेका थिए । शिलान्यास समारोहमा मन्त्री, अध्यक्ष लगायत म्याग्दे गाउँपालिकाको उपाध्यक्ष बालकृष्ण घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरूवाल, वडाअध्यक्ष प्रेमबहादुर आले, पार्वती राना लगायतले शुभकामना दिएका थिए । पुनम थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत कमला थापाले र सञ्चालन कुमारी रानाले गरेकी थिइन् ।
मोइ भवन शिलान्यास
previous post