यो विद्यालय बुढ्थोकी चुचुराको पूर्वढाल र मर्स्याङ्दी नदीको पश्चिम पट्टीको आधा घण्टाको उकालो बीच तनहुँ जिल्ला भानु(९ (साबिक पूर्कोट(३) डुमृखर्क गाउँ केही तल डाँडाको काखमा पूर्व मोहोडा गरी संपूर्ण सरोकारवालाहरूलाई स्वागत गरी पर्खी रहेको छ। २०३३ साल तिरको कुरा हो, हामी पढ्दा विद्यार्थी विद्यालयले थामी नसक्नु थियो। एक कक्षामा मात्रै करिब २०० जना विद्यार्थीहरू ४ वटा ग्रुपमा विभाजित थियो। म चाहिँ ग ग्रुपको मनिटर(मइनटोल) थिएँ। ठुला कक्षाहरू र अफिस इट्टाको गाह्रो , ढुँगाको छानो भएको पक्की भवनमा थियो। साना कक्षा भने यो भवनको कर्सोपट्टीको कटेरोमा चिसापानीमा पानी खान जाँदा ल्याएको ढुँगाबाट दुई छेउमा ढुँगाको खात लगाई त्यस माथि मुढा तेर्साई घर नजिक भएकाले चकटी ल्याई बिछ्याई धकेलाधकेल गरी बसी पढिन्थ्यो।कटेरो खरको छानो थियो।पानी पर्यो भने चुहिन्थ्यो। घाम लागेको बेलामा चौतारामा र पुसमाघको जाडोमा चउरमा पढ्न सरहरुले लाग्नु हुन्थ्यो। हामी केही विद्यार्थीको लागि विद्यालय टाढा थियो। यस विद्यालयमा २ घण्टाको बाटो हिडेर पनि साथीहरू पढ्न आउनु पर्थ्यो।केही साथीहरू विद्यालय वरिपरिका गाउँमा डेरा गरि पढ्न बस्नुहुन्थ्यो।यो हाम्रो विद्यालयको नजिकको विद्यालयहरूमा मनोहर नि.मा.वि., लमजुङको विरभक्ति मा.वि.,चन्द्रावती मा.वि., पूर्कोट प्रा.वि.,निर्जला प्रा.वि., चोक प्रा.वि., कालिका प्रा.वि. चोक (अहिले स्तरोनति भएका छन्) थिए।हामीलाई पढाउने गुरुहरूमा स्व. इन्द्र सिँ रोका, स्व. क्षेत्रलाल श्रेष्ठ, रेशम बहादुर अधिकारी, स्व. लेखराज धौउराली, नरोत्तम श्रेष्ठ, आदि हुनुन्थ्यो साथै हेडमास्टर स्व. राम बहादुर पाण्डे हुनुहुन्थ्यो। कक्षा ४ मा कृष्णलाल श्रेष्ठ, मान कुमार श्रेष्ट, हरिचन्द्र पौडेल, कालिदास ढकाल, विर बहादुर थापा, पुष्पराज पण्डे, सोम बहादुर थापा २०३८र०३९ तिर कक्षा ७ मा पढाउने शिक्षकहरुमा लालकाजी श्रेष्ठ, स्व. कृष्णलाल श्रेष्ठ, नरहरी ढकाल, हरिश्चन्द्र पाण्डे, कृष्णप्रसाद कोइराला स्व. प्र.अ. सुरथ शर्मा(खनाल) हुनुहुन्थयो।२०४२र०४३ तिर १० मा पढ्दाका गुरुहरूमा गणित तथा अतिरिक्त गणित शिक्षक लिलाराम देवकोटा, अंग्रेजी शिक्षक दामोदर पण्डित, नेपाली शिक्षक पुष्पराज पौडेल, भूगोल शिक्षक कृष्ण मान श्रेष्ठ, प्र.अ. तथा कृषि शिक्षक सरोज कुमार श्रेष्ठ, देवशरण उपाध्याय, हरिशरण सिग्देल, साइन्स शिक्षक ….. सुवेदी हुनुहुन्थ्यो।त्यस्तै अरु अध्यापन गराउने गुरुहरुमा अमेरिकाबाट स्वय.सेवकका रुपमा आउनु भएका बेन,लिण्डा, सिन्धु र काठमाण्डौ उपत्यकाका तारा, पुष्पा महोदयहरू हुनुहुन्यो।कक्षा १ देखि १० सम्म अध्ययन गर्दा समय समयमा अध्यापन गराउने गुरुहरूमा तेज बहादुर गोदार, ईश्वरराज लौडारी, चेतन प्रसाद बिमली, राम बहादुर अधिकारी, मोहन श्रेष्ठ, रमानाथ बजगाईं, विकालराज अधिकारी, निर्मल पाण्डे, बाबुकाजी पाण्डे, विष्णुलाल श्रेष्ठ, (मैले केही गुरुहरको नाउँ बिर्सें) हुनुहुन्थ्यो। विद्यार्थी जीवन अनुशासित, लगनसील थियो। हाम्रा गुरुहरू जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ, सम्झन्छु। विद्यार्थी जीवन महत्वपूर्ण छ। त्यसैले यस अवस्थालाई गम्भीर रुपले अंगिकार गरी गुरुवर्ग, सहपाठी साथीहरू, अग्रजहरूसँग सिक्न पर्ने विषयमा अनुशासित भएर सिक्नुपर्छ।
मेरो स्मरणमा कालिका मा.वि.
previous post