खुल्ला समाजको विकाससंगै बसाईसगई एउटा महत्वपूर्ण विषय बनेको छ । एकठाउँबाट अर्को ठाउँमा मानिसहरु रोजगारी, अध्ययन, भ्रमण, पर्यावरणीय दृश्यावलोकनको उद्देश्यराखि घुमिरहेका हुन्छन् । नेपालमा बिकास र सुरक्षाको असमान बितरणको कारण बसाई सराई तिब्र बनिरहेको छ । मानिस रोजगार शिक्षा, पेशा, व्यावसाय, बिवाहबारी, घुमफिर, सुरक्षा लगायतका उद्देश्य पुरागर्न एकठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्ने गर्दछन् जसलाई हामी आन्तरिक र बाह्य बसाई सराई भनिन्छ । यसको अलावा देश नै छाडेर अर्कै देशमा जानेलाइ अन्तराष्ट्रिय बसाई सराई भनिन्छ। बर्तमान समयमा बसाई सराईको गति तिब्र भएको छ । बसाई सराई धेरै थोरै रुपमा पहाडमा, तराईमा, गाउँबाट शहर तर्फ र शहर बाट अर्को देशमा धेरै थोरै रूपमा सबै तिर भएको पाइन्छ । आन्तरिक बसाई सराईको मुख्य कारण बिकासको असन्तुलित अबस्था
हो – जहाँ शिक्षा, स्वास्थ्यसेवा, रोजगार को अभाबमा एक क्षेत्रबाट अर्को क्षेत्रमा बसाई सरेका हुन्छन् ।
त्यस्तै जुनसंख्या वृद्धि, सोत साधनको अभाव, आफु अनुकूलको समाज र संस्कृति नभएर पनि एक ठाउँबाट अर्को ठाउँमा बसोवास गर्दछन । युवा व्यक्तिको पलायनले ग्रामिण विकासमा नकारात्मक प्रभाव परेको छ । नेपालबाट दैनिक पाँच हजारको दरले युवाहरू रोजगारिको लागि बाहिरिएको अबस्था छ । यद्यपि वैदेशिक रोजगारीबाट रेमिट्यान्स करोडों भित्रिएको अवस्था छ । यसले देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको छ तर देशका युवायुको पलायन सँगै कृषि उत्पादनमा नकारात्मक असर परेको छ । खेतबारी बाँझो छ । अरबौको खाद्यान्न आयात भएको छ । हाम्रो देशका युवाहरुको श्रम उपयोग गरेर बाह्य देशको अर्थतन्त्र मजबूत हाम्रो देशको बनिरहेको छ । हाम्रो देशको उत्पादनका हरेक क्षेत्र तहस–नहस भएका छन् । नेपालबाट बुद्धि, क्षमता, र बिशेषज्ञता हासील गरेका व्यक्तिहरु दिनानुदिन बाहिरिएको अबस्था छ । दिर्घकालीन विकासमा नकारात्मक प्रभाव परेको छ । राज्यको बागडोर बिबेकहित, सैतान, ब्वाँसाहरूले लिएर हाँकिरहेका छन्–देशको अस्मीता माथि खेलबाड गरिरहेका छन् । भ्रष्टाचार तल देखि माथिसम्म मौलाएको छ। भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय आवश्यक भएको छ ।
जनताको दैनिक जीवन कठिन बन्दै गएको छ । श्रम विक्रीगर्नु, विदेशिनुपर्ने नेपाली युवको बाध्यता बनेको छ । नयाँपुस्ताका युवालाइ राजनितीक जिम्मेबारी दिन सकेको खण्डमा समाजमा आशाका किरणहरु देखिने थिए । अनुसन्धान र विकास विच सम्बन्ध राख्न कुनै सरकारी निकायबाट प्रयास सम्म पनि नगरेको देखिन्छ । विश्वका धेरैजसो मुलुकहरू एउटै आर्थिक प्रणालीमा समेटिएका हुनाले एक देश अर्को देशको प्रभाबमा पर्दछन् । शासकहरु पश्चिमिकरणको नक्कल गर्दै– भ्रष्टाचारगरि– महंगा बिलासिताका बस्तुहरु आयात गरिरहेका छन्। धनि राष्ट्रले गरिब राष्ट्रका स्रोतसाधन माथि आफ्नो कब्जा जमाउन कोसीस गरिएका छन् ।
बिदेशिले आफ्नो स्वार्य को बिउ रोपिरहेका छन् । बिकसित देशको मूल्य मान्यता अल्पविकसित देशमा विनिमय हुने गरेको छ । जसको गर्दा परनिर्भरता बढ्दै गएको छ । राजनीतिको संयन्त्र दलालको हातमा गएको कारण विवेकशील राष्ट्र प्रेमि, देश प्रेमी, बुद्धिजिवी, वर्ग अन्योलबाट मुक्ति दिलाउनु पर्ने बाटो तय गरी निराकरणको औजारहरु आफ्नो साथमा लिएर बसिरहेका छन् ।