सामाजिक व्यवस्थामा रहने असमानताको कारण गरिबि सृजना हुन्छ । गरिबिको कारण धनि र गरिब बिचको दुरि फराकिलो बन्दछ । गरिबि र असमानता अल्पविकासका परिणाम हुन् । समाजमा सामाजिक प्रतिष्ठा मानमर्यादा, इज्जत, शक्ती, धनसम्पतिमा सबै व्यक्तिको समान पहुंच रहन नसक्नु सामाजिक असमानता हो । आर्थिक योजनाको अर्थशास्त्री तथा जनताको मतदानबाट प्राप्त अधिकारलाई सेवासमर्पित गर्ने राजनेताले समाजमा रहेका सामजिकपक्षबाट के कसरि असमानता सृजना भएको हो त्यसलाई राष्ट्रको प्रत्येक बर्ष सांसद्मा अर्थमन्त्रीले पेसगर्ने बजेटलाइ विश्लेषण गरि हेर्नुपर्दछ । बर्तमान समयमा असमानतापूर्ण समाज दिन प्रतिदिन बिकास भैरहेको छ । जाति, लिङ्ग, धर्म, पेशाका कारण सामाजिक असमानताहरु बढिरहेका छन् । सामाजिक असमानतालाई अर्थशास्त्री– स्मेल्सरले यसरी भनेका छन् – Inequality refer to the Condition in which people donot have equal access to social rewards such as money, power and prestige । शक्ति, धन र इज्जतमा रहने असमानतालाई सामाजिक असमानता मानिएको छ । गरिबि कुनै प्राबिधिक बस्तु नभइ मानबिय सम्वन्ध, ब्यबहार, र क्रियाकलापबाट सिर्जित हुने अवस्था हो । तेस्रो विश्वको गरिविको कारण पश्चिमाहरुले त्यहि भेद्भावपूर्ण समाजलाई ठान्दछन् । बर्तमान समयमा विश्व अर्थव्यावस्थामा सृजना भएको असमानता आर्थिक संम्वन्धको कारण गरिबि बढाएको देखिन्छ । बिकासोन्मुख मुलुकमा गरिबि त्यस्तो अबस्था हो जहाँ मानिसहरूले न्युनतम आधारभूत आवश्यकता पुरा गरेका हुँदैनन । न्युनतम शिक्षा, पोषण, स्वास्थ्यसेवाको सुविधाबाट बंचित अवस्थानै गरिबि हो । विश्वबैंकले प्रत्येक दिन एक अमेरिकी डलरभन्दा कम अथात प्रतिदिन रु १३५ भन्दा कम आम्दानी हुनु भनेको गरिबि मानेको छन् । यो मान्यता अनुसार नेपालका ग्रामिण दुरदराजमा लगभग ४८ प्रतिशत मानिसहरु गरिबिको रेखामुनि छन् । गरिबिको बितरण गाउँ, दुर्गम, अतिदुर्गम क्षेत्रमा बढिरहेको छ । मूलतः अधिकांस जनजातिहरुमा गरिबिको उच्च अबस्था रहेको छ ।
गरिबिलाइ सापेक्ष र निरपेक्षगरि दुई भागामा वर्गिकरण गर्न सकिन्छ । कुनैपनि आर्थिक योजनाले विकासकै माध्यमबाट परिवर्तन ल्याउँदछ । समाजमा आर्थिक, सामाजिक, राजनैतिक तथा साँस्कृतिक क्षेत्रमा जब प्रगति हुन्छ तब विकास भएको हुन्छ । प्रगति भनेको भैरहेको अवस्थामा सकारात्मक परिवर्तन हो । राजनितिको मैदानमा बिद्वान, बिज्ञ, विशेषज्ञ, बिचारवान, दुरदर्शी, बुद्धिमान, बिवेकसिल व्यक्ति भ्रष्टाचार नगर्ने सर्तमा जब उत्रिन्छन् तब मात्र विकासबाट सामाजिक परिवर्तनको कल्पना गर्न सकिन्छ ।
देशमा रहेका उर्जासिन जनशक्ती युवा जमात बिदेश पलायन हुने– रुडिवादी सोच भएका, नयाँ बैज्ञानिक सोच नभएका विदेशीको नाम जस्तै कालमार्क्स, लेनिन, माओ, बिदेशीको इसारामा प्रजातन्त्रको ढ्वाङ्ग फकलेर राजनितिको ग्राउण्ड भरिन्छ तबसम्म विकास गर्न सम्भाव छैन । बिदेशिको दलाल बनेर – दलको नाम राखिएको
छ । तिनैको ईसारामा दल चलेका छन् । तसर्थ यिनलाइ दल हैन–दलाल नामले सम्वोधन गर्दा सुल्टो हुन्छ । यि सबै दलाल हुन् । तसर्थ नेपालको लागि आफ्नो मौलिक सिद्धान्त ‘सगरमाथावाद’ Mount Everestism चाहिएको छ । सबै नेपाली एकताको सुत्रमा जोडिएर विकास अभियानमा हात मिलाएर मात्र समुन्नति, विकास संम्भव छ । आर्थिक विकासले समाजको समग्र विकासलाई जोडदिंदा संन्तुलीत बिकास हुन्छ– बिभेदको अन्त्य भैं खुसियालीको रक्तसन्चार हुन्छ । आर्थिक विकासको प्रक्रिया बिकेन्द्रीत ढाँचामा आधारित हुनुपर्दछ । जसमा समाजका सबैवर्ग तथा समुदायको सशक्त सहभागिता आवश्यक हुन्छ । बिकास निरन्तर चल्ने प्रक्रिया हो । गुणात्मक जीवन प्रणालि
(Quality life) प्रतिस्थापित गर्ने आर्थिक विकासको कार्यदिसा हुनुपर्दछ । आर्थिक विकासको अन्तिम उद्देश्य समाजको संरचनात्मक परिवर्तन हो । यि सबै आर्थिक पक्षलाई समेटने नविनतम आर्थिक विकासको ढाँचा ‘Macro economic National Development Model’ हो । जून Model लागु भएपछि नेपालीको प्रतिव्यक्ति आम्दानी (Per Capita income) आगामी ‘१०’ बर्षमा १० (दश) हजार डलरभन्दा माथि हुन्छ । बांकी १५ वर्षपछि प्राकृतिक, खनिज संम्पदा, जलसम्पदा, जडिबुटि उद्योग, कृषि उत्पादकत्व वृद्धि, पर्यटन बिस्तार जस्ता कार्यक्रम कार्यान्वयनले प्रतिव्यति आम्दानी २८००० हजार डलरमा प्र¥याउन सकिन्छ । यस्तो अबस्थामा जान पुरानादललाई परित्याग गरि नयाँ राजनैतिक प्रणालिमा सबै नेपाली एकताबद्ध हुन जरुरी छ ।
न्युनतम बिचारको आर्थिक ढाँचा
previous post