विकासको केन्द्र विन्दु जनताको स्वास्थय हो । विकासलाई दिगो बनाउन सरकारको राजनैतिक कार्यसूचि र जनताको सामाजिक कार्यसूचि अनुसन्धान र विकासको निम्ती अपरिहार्य रहन्छ । स्वास्थ्य नीति तय गर्ने र व्यवहारमा उतार्ने कार्य प्रमुख बनाइनु पर्दछ । गुणस्तरिय स्वास्थ्य सेवा सबैले सबै ठाउँमा उपभोग गर्न पाउने प्रबन्ध गर्नु पर्दछ । स्वास्थ्य सेवा प्रवाहमा विकासका अवरोध पहिचान गरी अपुरो कार्य पुरा गर्दै नयाँ चुनौतिसंग सामना गर्ने नीति तय गर्नु अत्यावश्यक भैसकेको छ । स्वास्थ्य नीति तय गर्दा योजना, कार्यान्वयन, परिचालन र संयोजनात्मक भूमिकामा परिवर्तन गर्दै लैजानु पर्दछ । यी सबै चुनौति पार गर्ने जिम्मेबारी सरकारको हो । सरकारी गैह्रसरकारी र जनसाधारण सित साझेदारी बढाउनु पर्दछ । जनताको मागहरु जगाउनु पर्दछ । जनताको प्राथमिकता सु–स्पष्टरुपमा संबोधन गर्नु पर्दछ । स्वास्थ्य सम्वन्धि बैज्ञानिक ज्ञान र प्रविधि व्यवहारमा उतार्नु पर्दछ । किनकी स्वास्थ्य विकासको लागि विज्ञान महत्वपूर्ण पक्ष हो । विज्ञान र नीति निर्माता बीच नङमासुको सम्बन्ध रहन्छ ।
स्वास्थ्य सेवालाई सस्तो, गुणस्तरिय र निःशुल्क बनाउन जनताबाट माग आइरहेको छ । यसको लागि स्वास्थ्य क्षेत्रमा बढी बजेट लगानीको आवाज जनताबात आइरहेको छ । निजि स्वास्थ्य सेवा प्रदान गर्ने निकायलाई निरुत्साहित गर्दै सरकारले सरकारी अस्पातालको सेवा प्रोत्साहित, मर्यादित, भरपर्दाे, गुणस्तरिय बनाउँदै लैजाने नीति तय गर्न ढिलो भैसकेको छ । स्वास्थ्य क्षेत्र सबैका लागि संधैका लागि अति संवेदनशिल क्षेत्र भएको हुँदा अन्य क्षेत्र भन्दा अलग्गै राखेर काम गर्नु पर्दछ । स्वास्थ्य सेवा विकासको अवरोध हटाउँदै नयाँ चुनौति संग डटेर सामना गर्ने दृढ इच्छा शक्ति सरकारले प्रर्दशन गर्न सक्नु पर्दछ । स्वास्थ्य सेवामा रहेका चुनौति– स्वास्थ्य सेवाको उपलब्धता, शहरी र ग्रामिण क्षेत्रमा रहेको अन्तर र असमानता हटाउँदै लैजाने, गुणत्मक स्वास्थ्य सेवा बढाउने, गरिब तथा विपन्न, पहिला बालबालिका, बृद्धबृद्धा, विपन्न समुदायका लागि आधारभूत स्वस्थ्य सेवा प्याकेजको व्यवस्था गर्ने, नयाँ स्वास्थ्य नीति छिटो भन्दा छिटो घोषणा गर्ने, कार्यान्वयन गर्ने र विकासको केन्द्र विन्दु स्वास्थ्यलाई बनाउनु पर्दछ ।
स्तरिय औषधी किन्न ग्रामिण वस्तीमा बस्ने गरिबहरुको औकातले भ्याउँदैन । दक्षिण पूर्वि एशियाली देशहरु अनेकन परिवर्तनको अवस्थाबाट गुज्रिएका भएता पनि राजनैतिक, आर्थिक्, सामाजिक, प्राविधिक र विभिन्न किसिमका रोगहरुमा समेत परिवर्तन आइरहेको हुँदा स्वस्थ्यले पहिले कहिल्यै सामना नगरेको चुनौति सामना गरिरहेको छ । यसमा दूर दृष्टी नभएका, बौद्धिक क्षमता नभएका जमातले सरकार संचालन गर्दै जाँदा झन डरलाग्दो अवस्था तर्फ स्वास्थ्यसेवा अगाडि बढेको छ । विज्ञ डाक्टरले सुधारको माग गर्दा अनशन बस्नुपर्ने अवस्था सृजना भएको छ । के सत्तामा बस्नेको जनता प्रतिको उत्तरदायित्व यही हो त ? दक्षिणपूर्वि एशियाली देशमा विश्वको झण्डै आधा जति गरिबहरु बसोवास गर्दछन् । नयाँ, पुराना, फेरी देखापरेका सरुवा रोगहरु, हिँसा, दुर्घटना र चोटपटकको दरमा भयानक दरमा बृद्धि भैरहेको छ । खै, यो सरकार किन लाचार छ ? अन्तराष्ट्रिय स्तरको एक सुविधा सम्पन्न अस्पताल नेपालमा खोल्न सकिदैन ? मेडिकल टुरिजम (Medical Tourism) को विकास गर्न सके पनि नेपालको प्रतिव्यक्ति आम्दानी बढाउन सकिन्छ । जनताले आफ्नो विश्वासको मत दिएका आप्नो हितमा काम गर्लान भनेर जिताएर पठाएका सांसदको के काम ? भन्ने प्रश्न उठेको छ । जनताले आशा र भरोषा गर्न व्यक्ति देखेका छैनन् । जनताहरु थुप्रै र गम्भीर खालका स्वास्थ्य समस्याहरुको शिकार बन्न पुगिरहेका छन् । देश हाँक्ने उद्घोष गरिरहिेका पाइलट नामधारी व्यक्ति के सोच्दै हुनुहुन्छ ?
दूर दराज, पाखा, कन्दरा, भिरपहरा, ग्रामिणबस्ती, शहरका झुप्राबस्तीमा बसोबास गरिबस्ने दुइतिहाइ जनता नजिकबाट नियालिरहेका छन् । कृपया अब धेरै झुठको खेती नगर्नुस् । भन्नुहोस्, अब कति वर्ष कुर्नु पर्दछ र नगरेमा कुन जेलमा तपार्इँहरुलाई जनताले देख्ने ? यसको उत्तर न्याय प्रेमी विपन्न, गरिब जनता र बौद्धिक वर्गले खोजिरहेका छन् । विगतमा भएका जतिपनि आन्दोलन देश र जनताको संबृद्धिको लागि थियो कि नेताको संबृद्धिको लागि थियो ? स्वस्थ्य सम्बन्धि नयाँ नीति र कार्यक्रमको खाका छिट्टै ल्याउनुस् –शुभकामना ।