![](https://tanahunawaj.com.np/wp-content/uploads/2018/12/muktinath-p-233x300.jpg)
मुक्तिनाथ पण्डित
एम.ए. अर्थशास्त्र
नागरिक समाजको निर्माण जनताको आन्दोलनले गर्दछ । नागरिक समाज सामाजिक क्रियाकलापलाई एकताको शुत्रमा संगठित गर्ने माध्यम हो । नागरिक समाजका सदस्य तार्किक सञ्जालको शुत्र हो । नागरिक समाजको भूमिका प्रजातान्त्रिक पद्धति प्रति रखवारी गर्ने, मानव अधिकारको सूनिश्चित गर्ने, वातावरणिय सुरक्षा सम्वन्धि जनचासोको अवस्थाबारे जानकारी गराउने , शुसासन र जनताको आधारभूत आवश्यकता पुरा भए नभएको विश्लेषण गर्ने, र विकासका पूर्वाधार निर्माणलाई जोडेर लैजाने प्रबुद्ध व्यक्तिको समूह हो । विभिन्न देशमा यसको अर्थ फरक फरक भए पनि नागरिक समाज मानविय जीवनको विश्वव्यापि एकताको लागि मानविय क्षमताको आवश्यकता हो । नागरिक समाजले राजनैतिक र आर्थिक समाजबाट स्वतन्त्रताको निम्ति संघर्ष गर्दछ । यसको उद्देश्य असमानता, अन्याय र विविध खालका सामाजिक शोषण विरुद्ध आवाज बुलन्द पार्दछ ।
नेपालमा २१ औं शताब्दी आरम्भमा संसारबाट बिदा लिंदै गएको कम्युनिष्ट विचारधारा जुन रद्दिको तोकरीमा फालिएको छ, त्यसलाई टिपेर यहाँका कम्युनिष्ट विचार बोक्नेहरु ग्रामिण दुरदराजमा अझैसम्म कुदिरहेका छन् । नेपालका ग्रामिण जनताले विकासको मोडल र विकासवादी मौलिक विचारधारा खोजिरहेका छन् । संसारमा माक्र्स, लेनिन, माओ नजन्मिएका भए हाम्रो देशमा बर्तमान समयमा भएका नेतृत्व वर्गले कस्को नाममा राजनीति गर्नुहुन्थ्यो होला ? देशले प्रविधिको नविनतम आविश्कार खोजिरहेको छ । जनता बैज्ञानिक र व्यवहारिक शिक्षा चाहन्छन् । यहाँ मानवअधिकारको प्रत्याभूति छैन् । स्वतन्त्रता पूर्वक आफ्ना दृष्टिकोण मर्यादित ढंगले राख्दा संञ्चारमन्त्री खुट्टा भाँच्नु भन्ने आदेश दिन्छन् । एक्लै लड्ने कि समूहमा लड्ने भनेर आलोचकलाई लल्र्काछन् । सरकारको कमिकमजोरी औंल्याउने व्यक्तिलाई अरिंगाल बनेर आक्रमण गर्न आदेश दिन्छन् । यो कस्तो प्रगतिशिल– देश विकास गर्ने सरकार हो ? मानी जहाज र रेलको सपना दिने, ४० लाख भारतीयलाई नेपाली नागरिकता डोकामा हालेर वितरण गर्ने, राज्यको ढुकुटीबाट करोडौं रुपैयाँ झिकेर उपचार गर्ने, महंगी र भ्रष्टाचारलाई संस्थागत गर्ने, बालुवाटारको सयौं रोपनी जग्गा हडप्ने, कूल बजेटको २९ प्रतिशतमात्र बजेट स्थानीय तहलाई दिने, जनतालाई करको भार बोकाउने अनि भन्ने सिंहदरबारको अधिकार गाउँ गाउँमा । कसरी पुग्यो खै सिंहदरबारको अधिकार गाउँ गाउँमा ? नागरिक दंग परेका छन् । नेकपाका अर्का अध्यक्ष फर्जी लडाकुको नाम राखेर २० अर्व कुम्ल्याउने( डा. बाबुरामका अनुसार), जनयुद्धका समयमा विभिन्न ६३ वटा बंैक लुटेको ४१ अर्ब रुपैयाँ साउदी अरबको बंैकमा लगेर राख्ने, श्रीमतीको उपचार अमेरीकामा गराउने, विवाह भएको ५० वर्ष पछि पुनः तामझामका साथ विवाहलाई नविकरण गर्ने, यो नव सामन्तवाद र दलबलवाद विरुद्ध जनता उठ्नु पर्ने कि नपर्ने ? अचम्म लाग्दछ–हिजो नयाँ नेपाल बनाउने उद्घोष गर्नेले आज नरहने अवस्था प्रवेश गराए । यो कस्तो राष्ट्रवादी चिन्तन हो ?
समाजका नागरिक अगुवा र सच्चा देश भक्त नागरिकले सडकका गल्ली गल्ली गाउँका कुना कन्दरा , झुप्रा वस्ती , हिमाल, पहाड र तराइबाट लाठी लिएर देश निकाला गर्ने त होइनन् ? प्रत्येक सहरका गल्ली गल्लीमा डा. सुरेन्द्र केसी जस्ता व्यक्ति उत्रंदासमेत सरकारी साधन र श्रोत दोहन गरिरहने ? विकास र सम्पन्नताको सपना बाँडेर देश बर्बादीको दिशातिर मोडिएको छ ।
बन्दुक र बारुद बोक्न ढिला भएको सन्देश विप्लब माओवादी भन्दैछन् । के यस्तो रमिता यस देशले भोग्नु परेको हो । सम्पूर्ण सचेत नागरिक, बौद्धिकवर्ग, प्राध्यापक, राष्ट्रवादी व्यक्तिहरु सुधारको प्रार्थना गरिरहेका छन् । समयमै सुधार होस् । देशमा औद्योगिक विकास होस् । सबैको लागि संधैको लागि रोजगारी प्राप्त हुने अवसर प्राप्त होस् । जय राष्ट्रवाद–जय सुशासन ।