दमौली/जिल्ला प्रहरी कार्यालय तनहुँ र जेसिआइ व्यास नगरको संयुक्त आयोजनामा आइतबार लागु औषध दुर्वेयसनी नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दमौलीका स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुको माझ ‘सङगत’नामक जनचेतनामुलक लघु चलचित्र प्रदर्शन गरिएको हो ।
युवाहरु दुर्वैयसनीमा फस्न सक्ने कारण मध्ये साथी भाइको गलत सङगतको रहेको विषयमा केन्द्रित सो चलचित्र खैरहनी नगरपालिका र इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा निर्माण गरिएको हो । लघु चलचित्र ‘सङगत’ ४५ मिनेटको रहेको छ । किशोर चौधरीले निर्देशन गरेको उक्त चलचित्रका विषयवस्तु अनुज विश्वकर्माले लेखेका हुन् ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहरा, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, जेसिआइ व्यास नगरका अध्यक्ष नविन पुरी लगायतले बोलेका थिए ।
कार्यक्रममा जेसिस आस्था र राष्ट्रिय गानको अगुवाई शाखा सम्पादक बिनोद गोशलीले गरेका थिए भने महासचिव सनम अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
अध्यक्ष पुरीले स्वागत गरेको सो कार्यक्रममा दमौलीका विभिन्न कलेजका करिब ३ सय जना विद्यार्थी एवम् प्राध्यापकहरुको सहभागिता रहेको थियो ।
जनचेतनामुलक लघु चलचित्र ‘सङगत’ प्रदर्शन
previous post