कोराना पुराण
यो कोरोनाले संसार नै तर्साएको बेलामा म पनि अछुतो रहन सकिन । कसरी भनेर भन्नु होला भने मेरो कान्छी छोरी करुणा । आमाले करुणा भन्नु हुन्छ । म कोरोना सुन्छु । नसौं पनि कसरी नेपालमा कोरोना, भारतामा कोरोना, चिनमा कोरोना, विश्वमा कोरोना, टिभिमा रोडियो, पत्रपत्रिकामा कोरोना, मोवाईलको व्याक टोनमा कोरोना, नाकामा कोरोना, हस्पिटलमा कोरोना, जताजतै जहाँतही कोरोना । भट्टी पसलदेखि चिया पसल, तरकारी पसलदेखि सरकारी पसल सबैमा कोरोना । अनि आमाले कान्छीलाई करुणा भन्दा म कसरी कोराना नसुनौं त ए गाँठे ।
हाम्री आमालाई छिमेकी हवल्दारनी काकीको कुरामा असाध्यै विश्वास लाग्दछ । काकीले कालोलाई रातो भने रातै भन्नु हुन्छ, सेतोलाई पहेंलो भने पहेंलै भन्नु हुन्छ । एक पटक आमालाई पखला लाग्दा खै के जडिबुटी खान दिनु भएछ र निको भएछ । त्यसपछि आमा काकीको अन्धभक्त ।
काकीले कोरोनाबाट जोगिन नियमित साबुन पानीले हात धुने, कसैको नजिक नजाने, जनावरबाट टाढा बस्ने, खोक्दा, हाछ्यू गर्दा हातको पञ्जा प्रयोग नगरी कुहिनाले छेक्ने, आफू पनि अर्काको घरमा नजाने र अरुलाई पनि आफ्नो घरमा सकेसम्म आउन नदिने भनि दिनुभएछ, त्यस पछाडि बुढीलाई के चाहियो ! हात धुँदा धुदा दिनको एउटा डल्लो सावुनले पुग्दैन । हाछ्यूँ ग¥यो कि खोक्यो कि लखेटी हाल्नु हुन्छ ।
विदाका बेलामा कोरोनाले सबैतिर बन्द छ भनेर यसो ससुराली आउनु भएका भिनाजु विचरा । यसो एक दुई दिन ससुराली तिरै थन्किने विचारले । आमाले टाढैबाट गरुण पुराण सुनाए जसरी फलाक्न थालि हाल्नु भयो । बाबु यसरी किन हिड्नु भाको । जानुस् घरै बस्नुस् । कसैसंग हातसात नमिलाउनुस्, साबुन पानीले हात धुनुस् । कुकुर, विरालो, मुसा जस्ता जनावरबाट टाढै बस्नुस् । नाति नातिनालाई पनि बरु टिभि मोवाईलतिर व्यस्त राख्नुस्, बाहिर निस्कन नदिनुस् । ल ल खुरुक्क घर जानुस् ।
विचरा ससुरालीमा यसो विदा तरा लगाउन आ’का ज्वाँईसाव नमस्ते मात्र खाएर आफ्नै निवासस्थान तर्फ फिर्ता हुँदै गर्दा मैले पनि यसो मोटो दिमाग लगाएर सोँचे । सबै मेरी आमा जति सतर्क भए यो कोरोना छिट्टै नै नियन्त्रण हुने थियो कि !!