दमौली/व्यास नगरपालिकाको आयोजनामा चौंथो व्यास नगर खुल्ला महिला हाफ म्याराथन २०८१ हुने भएको छ । हरेक वर्ष झै नगरपालिकाले माघ १६ गते शहिद दिवसको अवसर पारेर म्याराथन आयोजना गर्न लागेको हो ।
विहान ७ बजे दमौलीको व्यास गुफाबाट प्रारम्भ हुने म्याराथन अनसन चौतारी, जिल्ला प्रहरी कार्यालयबाट न्युरोड हुदै गणेशमान चोक, सत्यवती मा.विबाट मालपोत लाईन, सफासडक हुदै पृथ्वी राजमार्गको तालघरे , रानीगाँउ ,दरै पधेरा, पराजुली चोक, बेलटारी, खड्काकाली मार्गको चिसापानी, अर्चलचौर,धरमपानी,पत्यार थोक गङ्गलथोक , चण्डीथान, हटिया – धान गोदाम हुदै व्यास नपा–११ स्थित ऐतिहासिक तनहुँसुर दरवार पुगेर टुङ्गिने छ ।
प्रतियोगितामा प्रथम हुने धावकलाई ४१ हजार ८१ रुपैयाँ, द्धितीयलाई ३१ हजार ८१ रुपैयाँ र तृतीय हुनेलाई २१ हजार ८१ रुपैयाँ नगद पुरस्कार साथै मेडल र प्रमाणपत्र प्रदान गरिने नगर उप प्रमुख ईन्दिरा दरैले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईन् ।
त्यसै गरी प्रतियोगितामा सान्तवना स्थान प्राप्त गर्ने ५ धावकलाई जनालाई जनही ११ हजार ८१ नगद सहित मेडल र प्रमाण पत्र पाउने छन् ।
पत्रकार सम्मेलनमा नगर प्रमुख बैकुण्ठ न्यौपानेले म्याराथनले तनहुँ सुरको पर्यटन विकासमा योगदान दिने विश्वास व्यक्त गर्दै यस पटकको म्याराथन प्रतियोगिता कम खर्चमा गर्न लागिएको बताए । नगर प्रमुख न्यौपानेका अनुसार करिव ६ लाखमा कार्यक्रम सम्पन्न गरिने लक्ष्य रहेको छ । म्याराथनमा सहभागी हुन चाहने धावकले व्यास नपाको वेवसाईटमा गइ आवेदन फारम डाउनलोड गरेर भरी माघ १४ गते साँझ ४ बजेभित्र नपाको इमेल ठेगानामा पठाउन
सक्नेछन् । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संघिय शिक्षा मन्त्री विद्या भट्टराईले गर्ने आयोजकले जनाएको छ ।
यसैबीच व्यास नगर पालिकाले नपा अन्तर्गतका ज्क्ष्ख् प्रभावित १८ वर्ष तलका वालवालिकालाई मासिक दुईहजार रुपैयाँ पोषण भत्ता २०८१ माघ देखि उपल्ब्ध गराउने निर्णय गरेको छ ।
खुल्ला महिला हाफ म्यारथन
previous post