गएको साता अर्थात February ४ मा विश्वभर क्यानसर दिवस मनाइयो । नेपालमा पनि केही न केही कार्यक्रमहरु गर्ने गरिन्छ, यो दिनमा । तर मलाइ भने हरेक वर्षको क्यान्सर दिवसले एउटा त्रासद विगतको सम्झना गराउँछ । लाग्छ, यो दिवसको सम्झना नभए हुने । आजभन्दा ४ वर्ष अगाडिको आजको यो दिन म जब सम्झन्छु, आँखा अगाडिको दृष्य धमिलो हुन्छ, मन एकतमासको भएर आउँछ, आँखा रसाउँछन् अनि गला अवरुद्ध भएर आउँछ । कसैसंग बोल्नै सक्दिन ।
फ्ल्यासब्याकः– चार वर्ष अगाडि फेबु्रअरी ४ अर्थात विश्व क्यान्सर दिवसको दिन घरको छतमा घाम ताप्दै अभिनेत्री मनिषा कोइरालाको क्यान्सरलाई जित्न गरेका संघर्षको कथा पढ्दै थिएँ, जुन अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित भएको थियो । पढ्दै जाँदा कतै द्रवित हुँदै थिएँ अनि संगै उनको आत्मविश्वासी कुराले आफुमा पनि आत्मविश्वास जगाउँदै द्रवित हुन् छाडेर आफैलाई सम्हाल्दै थिएँ । साथमा रहेको मोबाइलको घण्टी बज्यो । हेरेको बहिनीको रहेछ । फोन रिसिभ मात्र के गरेको थिएँ, उताबाट बहिनीको मलिन स्वर आयो । हरेकपटकका फोन कुराकानीमा अत्यन्त प्रसन्नताका साथ प्रस्तुत हुने मेरी बहिनीलाई आज के भयो ? किन मलिन छ वाणी ? प्रश्नहरु तंछाड मछाड गर्न थाले । अनिष्टको शंकाले मलाई फतक्कै गलायो । तर संयमतासाथ सञ्चो विसञ्चो सोधें । उनले परिवारका सबै कुसल मंगल रहेका बताइन् ,उहि उत्साहहीन वाणीमा । सोधें के भयो ? गला अबरुद्ध भएजस्तो गरेर बोलेकी ? रुञ्चे स्वरमा बहिनीको जवाफ आयो “दिदीलाई डाक्टरले क्यान्सर भएको शंका गरेको छ”। क्यान्सर ! म छाँगाबाट खसे झैं भएँ । वरपर अन्धकार छायो । उभिँदै गरेको जमिन भासिए जस्तो लाग्यो । गला अबरुद्ध भएर आयो । मनिषा काइरालाको क्यान्सरसंगको संघर्ष र सफलताले दिएको उर्जाले तत्काल काम गर्न नसक्ने अवस्थामा पुगें म ।
दिदीलाई बारम्बार जण्डिसको समस्या देखा परिरहेको थियो केहि वर्ष देखि । प्रायः उहाँ आयुर्वेदिक औषधी सेवन गर्नुहुन्थ्यो र सञ्चोपनि हुन्थ्यो । तर यस पटक लामो समय औषधी सेवन गर्दापनि जण्डिस २० को १९ भएन । किन यस्तो भयो भन्ने सबैमा चिन्ता थियो । सोधिखोजी गर्दै जाँदा सुविधा सम्पन्न र जण्डिसको राम्रो उपचार हुने भनेर धुलिखेल अस्पतालको नाम आएछ र परिवारमा धुलिखेल लाने सल्लाह भएछ । काठमाण्डौमा बस्ने भएकीले बहिनीपनि दिदीसंग धुलिखेल गएकी थिइन् । अस्पतालले आवश्यक सम्पूर्ण परिक्षण गरेपछि पित्तथैलीमा क्यान्सर भएको हुनसक्ने भएकाले थप परिक्षण र उपचारका लागि बीर वा भरतपुर वा भक्तपुर अस्पताल पु¥याउन सुझाव दिएका रहेछन् । बहिनीले घरी भक्कानिँदै त घरी अवरुद्ध गलाले यतीकुरा भनेर सकिन् । म चेतनाशून्य जस्तै सुनिरहँे जडवत ।
कान्छा भाञ्जाको ब्रतवन्ध पहिले नै निर्धारण गरिएकोले केही दिनका लागि दिदीलाई घर( गंैडाकोट ) ल्याइयो र लगतै बीर अस्पताल लगियो । सबै परिक्षणहरु गरिसक्दा पित्त थैलीको क्यान्सर भएको पक्का भयो तर हामी कसैले दिदीलाई भन्न सकिरहेका थिएनौं । क्यान्सर कुन अवस्थामा छ, शल्यक्रिया कति चाँडो गर्नु आवश्यक हो, भन्ने कुरा शायद डाक्टरहरुलाई थाहा हुँदो हो । शल्यक्रियाको मिति ४० दिनपछि तोकियो । बीरमा रहेको विरामीको चाप, त्याहाँकोे अस्तव्यस्तता, फोहर देख्दा एक रातपनि बस्न नसकिने बीरमा कसरी डेढ महिना बस्नु ? यो त सहन्थ्यौं तर दिदीको चित्कार कसरी अझै त्यत्रो समय सुन्न सक्ने हामीले ? नियमित त होइन तर समय समयमा दुखेर साह्रै अत्तालिनु हुन्थ्यो । दुखाइ कमगर्ने औषधीहरुले समेत काम नगर्ने रहेछ । हामीले शल्यक्रिया छिट्टै गर्न लाख कोशिस ग¥यौं । प्रशासकिय अधिकृतसंग अनि स्वयम डाक्टरसंग आग्रह ग¥यौं,तर हाम्रो कुराको कुनै सुनुवाई भएन । शल्यक्रिया पछाडि सार्नुको कारण थाहा पाउँदा हाम्रा डाक्टरहरुमा मानविय मूल्य र संवेदना हराएको अनूभुत भयो । कारण रहेछ, डाक्टरको ४० दिने विदेश भ्रमण । विष्मयमा प¥यौं हामी, हामीले भगवान सम्झने र भन्ने गरेका डाक्टर सयौं विरामीलाई अलपत्र छोडेर विदेश सयरमा जान सक्छ ? के डाक्टर हरुका लागि मानिसको जीवनको कुनै मूल्य छैन ? के बिरामीको दिनरातको चित्कार र आफन्तको लाख विन्तीले उनीहरुलाई छुँदैन ? प्रश्न अनेक आए तर उत्तर कसले दिने ? न उनीहरु हाम्रो अनुनय सुन्ने पक्षमा थिए नत मेरी दिदी र उहाँ जस्ता सयौं विरामीको चित्कार ।
यो जानीसकेपछि हामीले अन्यन्त्र उपचारमा लान बाटो खोलिदिन अर्थात डिस्चार्ज दिन आग्रह ग¥यौं । आश्चर्य अस्पताल प्रशासन भन्छ, अपरेशनको मिति तय भएको विरामीलाई डिस्चार्ज दिन मिल्दैन । संवेदनहिनताको पनि सिमा हुन्छ नि मानवमा त्यो सबै गुमाएछन् उनीहरुले र हामीले पनि धैर्यताको गुमायौं । र डिस्चार्ज नदिने भए विरामी उठाएर लाने जिकिर गर्न थाल्यांै । के थाहा ४० दिन पछि अर्काै विदेश भ्रमणको अवसर आएर शल्यक्रियाको मिति सर्ने पो हो कि ? अन्ततः अस्पताल प्रशासन डिस्चार्ज गर्न राजी भयो र भक्तपुर क्यान्सर अस्पताल लग्यौं ।
केही विरामी मैत्री लाग्यो यो अस्पताल । मलाई ति डाक्टरको नाम त याद छैन तर उनले मसंग दिदीको क्यान्सरको अवस्थाका बारेमा बताईन कि पित्तथैलीको क्यान्सर अन्तिम अवस्थामा आएरमात्र देखापर्छ । हामी जण्डीस भएकोे भनेर औषधी गर्दै बस्छौं तर उता क्यान्सरले विरामीलाई धेरैनै गाँजी सकेको हुन्छ । तपाईँकी दिदीको अवस्था पनि त्यस्तै हो । शल्यक्रिया नै ७/८ घण्टाको हुन्छ । तर नआत्तिनु होला हामी तपाईँकी दिदीको सफल शल्यक्रियाको सक्दो प्रयत्न गर्नैछौं । अर्का एक डाक्टरले दिदीको क्यान्सरको अवस्था, शल्यक्रियामा लाग्ने समय र जोखिमका बारेमा समेत विस्तार पूर्वक सचित्र बताए ।
क्यान्सरको प्रभाव पित्त थैलीमा मात्र होइन् आमासयको केही अंश लगाएत नजिकका धेरै अंगमा परिसकेको रहेछ, बल्ल थाहा पायौं । तर देखिने र भगवान भनिने डाक्टर अनि नदेखिने भगवानसंग दिदीको कुशलताको कामना गर्नु बाहेक हामीसंग विकल्प थिएन् ।
बाँकी अर्काे हप्ता
1 comment
[…] […]