राष्ट्रिय सभा निर्वाचन २०८०
रमेश विकल
माघ ११ मा सम्पन्न हुने निर्वाचन मार्फत प्रतिनिधि सभामा तेस्रो ठूलो दल माओवादी राष्ट्रिय सभामा पहिलो ठूलो दल बन्ने भएको छ ।
२०७४ को निर्वाचनमा एमालेसंग गठबन्धन गरेर झण्डै एमाले बराबरको सांसदको उपस्थिती जनाएको माओवादीका अहिले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीतसहित माओवादीका १६ सांसद छन् । २१ फागुनबाट तीन सांसद बिदा हुँदै छन् भने यो निर्वाचनबाट ६ सांसद थपिँदै राष्ट्रिय सभामा माओवादी सांसदको कुल संख्या १९ हुनेछ र कांग्रेसको बुइ चढेरसबैभन्दा ठूलो दल बन्नेछ ।
त्यस्तै, प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसका राष्ट्रिय सभामा अहिले १० सांसद छन् । चार सांसद फागुन २०मा विदा भएर जाँदा निर्वाचनपछि १० सांसद थपिने छन् । यसरी राष्ट्रिय सभामा कांग्रेसका सांसदको कुल संख्या १६ पुगेर दोेस्रो ठूलो दल बन्ने भएको छ ।
उता हालसम्म राष्ट्रिय सभामा १८ सांसद सहित सबैभन्दा ठूलो दलको रुपमा रहेको एमालेका नौ सांसद विदा हुँदैछन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतभार अनुसार सत्तागठबन्धनका सबै उम्मेदवार विजयी हुने निश्चितजस्तै भएको अवस्थामा एमालेका एकजना पनि उम्मेदवार विजयी हुने छैनन र नौ सांसद सहित एमाले तेस्रो ठूलो दलमा खुम्चिने छ ।
०७४ माघमा निर्वाचित भएर गोलाप्रथाबाट ६ वर्षे कार्यकाल प्राप्त गरेका सांसदको पदावधि सकिन लागेसंगै रिक्त १९ सिटका लागि निर्वाचन आयोगले तोकेको मिति पुष २३ मा विभिन्न दलका ५२ जनाको उम्मेदबारी परेको छ । निर्वाचन आयोेगका अुनसार सातै प्रदेशमा सात महिला सदस्यका लागि १८, दुई दलित सदस्यका लागि पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तर्फका तनि सदस्यका लागि आठ र अन्य समूहका सात सदस्यका लागि २१ गर ि५२ जनाकोे मनोनयन दर्ता भएको हो ।
निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धन गरेका छन भने अन्य दल एक्ला–एक्लै प्रतिस्पर्धामा छन् । ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका ५४९ सांसद तथा १४९८ पालिका प्रमुख तथा उपप्रमुखले मतदान गर्दैछन् । निर्वाचन आयागले एक प्रदेश सांसद बराबर ५३ र पालिकाको एक जनप्रतिनिधि बराबर १९ मतभार कायम गरेको छ ।