
दमौली, कार्तिक ९
१० औं अन्तराष्ट्रिय वालिका दिवसको अवसरमा अन्तर विद्यालय वक्तित्वकला कार्यक्रम सम्पन्न भएको छ । रुम टु रिड पढ्नको लागि कोठा अन्तर्गत वालिका शिक्षा कार्यक्रमले सो कार्यक्रम संचालन गरिएको थियो ।संस्थाका बरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक शुसिल तिम्सेनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष शान्तिरमण वाग्ले, विशेष अतिथि व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, अतिथिहरुः जिल्ला समन्वय समिति तनहुँका उपाध्यक्ष पवित्रा पौडेल, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी, शिक्षा विकास समन्वय इकाईका प्रमुख रमाकान्त शर्मा लगायतले मन्तव्य राखेका थिए ।प्रतियोगीतामा निर्णयकको भुमिकामा चण्डिदेवी राष्ट्रिय माविका प्रअ रामचन्द्र पोख्रेल, पराशर कलेजका प्राध्यापक पुष्पराज खतिवडा र खैरेनी माविका शिक्षक राजेश्वर घिमिरे रहेका थिए । बालिका शिक्षा कार्यक्रमकी कार्यक्रम सहायक मञ्जु लोहोनीले स्वागत मन्तव्य राखेकि थिइन् भने सो कार्यक्रमको संचालन बालिका शिक्षा कार्यक्रमकी अर्की कार्यक्रम सहायक ज्योती आचार्यले गरेकी थिइन् ।बालिका शिक्षा कार्यक्रम संचालित १२ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा सत्यवती माविकी आँचल सिग्देल प्रथम, निर्मल माविकी कस्मि दवाडी दितीय र सिद्धेश्वरी माविकी सजना गैरे तृतीय भएका थिए । प्रथम, दितीय, तृतीयलाई ट्रफि, प्रमाण पत्र र शैक्षिक सामाग्री वितरण गरिएको थियो । साथै सबै सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको तिम्सेनाले बताएका थिए ।