
स्थानिय निकायका योजना सफल बनाउन जनसहभागीता ले महत्वपूर्ण भुमिका खेल्दछ । जनसहभागीताको अभावमा विकासका कार्यक्रम सफल हुदैनन् । विकास निर्माणका योजनामा दलीय राजनिति र घृणित दलीय स्वार्थबाट टाढा राख्नु पर्दछ । प्रत्येक विकास योजनामा संपूर्ण दलको समर्थन र सहयोग आवश्यक पर्दछ । त्यसैले कि यस्तो समर्थन र सहयोग हुनुपर्यो नभएमा स्थानिय निकाय दलविहिन वा गैरदलिय संरचना बन्नपर्यो । स्थानिय तहमा कुनै दल नभै स्वतन्त्र बुद्धिजिवि, प्रतिभाशाली, प्रभावशाली, दुरदर्शीता क्षमता भएको (Visionary), योजनाको ढाँचा आंकलन गर्न सक्ने, समाज परिवर्तन सोच भएको, प्रत्येक स्थानिय निकायका मानिसको आवश्यकता पहिचान गर्न सक्ने, रोजगारीको अवसरको योजना बनाउन सक्ने, लगानी बचतको बारेमा विवेचना र विश्लेषण गर्न सक्ने व्यक्तिको छनौट गर्ने मतदाताबाट अनुमोदित व्यक्ति नै स्थानिय निकाय प्रमुख बन्न पर्दछ ।
स्वच्छ, सुदृढ, कुशल प्रशासन – यन्त्र, निर्माण गर्न उचित र योग्य शैक्षिक आधार खडा गर्नु पर्दछ । स्थानिय निकायमा कामगर्ने कर्मचारी संयन्त्र र आमस्थानिय बासी जनताको नैतिक घरातल माथी उठेमात्र प्रत्येक विकास योजना मितव्ययी र सफल परिणाम मूलक बन्न सक्दछ । यसको तात्पर्य स्थानिय निकायमा ईमानदार, दक्ष र उच्च नैतिक धरातल भएका मानिसको अभावमा विकासका योजना कदापी सफल हुन सक्दैनन् । शैक्षिक आधारले नेतृत्व क्षमतामा महत्वपूर्ण भूमिका खेल्दछ । स्थानिय निकायको आबधिक योजना निर्माण गर्दा योजनाको अबस्था (Stages of Planning), समष्टिगत विकास नमुना (Macroeconomic Development model), आगत–निर्गत नमुना (Input–output Model) र क्षेत्रीय योजना (Sectoral Planning Model) पर्दछन । स्थानिय निकायका कृषि क्षेत्र र औद्योगिक क्षेत्र नाइ एकैसाथ समेटेर योजना बनाउनु पर्दछ ।
स्थानिय निकायका योजना भनेको गाउँपालिका र नगरपालिकाले आफ्नो पालिका क्षेत्रका जनताको जीवनस्तर माथी उठाउन अर्थतन्त्रको विकास र विस्तार गर्ने उद्देश्यद्वारा हस्तक्षेप गर्ने रणनीति हो । स्थानिय निकायमा रोजगारीका अवसर सृर्जना गर्ने, गरिबिको समस्या समाधान गर्ने, ग्रामिण असमानता कम गर्ने, आर्थिक असमानताको खाडल घटाउँदै लैजाने, स्थानियस्तरमा उपलब्ध स्रोत र साधनको सदुपयोग गर्ने, आर्थिक र सामाजिकहित र सुरक्षा प्रवर्धन गर्ने उद्देश्य स्थानिय निकायले आफ्ना प्रत्येक योजनामा समावेश गरेको हुनपर्दछ ।
ग्रामिण अर्थतन्त्रका विशेषतामा आम गरिब, न्युन प्रतिव्यक्ति आम्दानी, कृषिपेशा माथी अत्यधिक निर्भरता, लगानीका लागि पूँजीको अभाव, औद्योगिक पछौटेपन, उपलब्ध स्थानिय स्तरका प्राकृतिक स्रोतहरुको न्यून उपयोग, असमान आम्दानीको विवरण, व्यापक बेरोजगारी, अत्याधिक निर्भरता, गरिबिको कुचक्र, धनि र गरिबको दुरी फराकिलो, उत्पादनमा कम उत्पादकत्व संघिय सरकार बाट स्थानिय निकायलाई दिने आर्थिक सहायतामा अत्यधिक निर्भरता जस्ता समस्या नै प्रमुख चुनौति हुन् । स्थानिय समाजको संरचना अनेकताभित्र एकता रहेको सन्जाल छ । जसमा विभिन्न जाति, लिङ्ग, धर्म, सम्प्रदाय एक आपसमा मिलेर बसेका छन् ।
स्थानिय निकायले योजनाको छनौट गर्दा योजना कार्यान्वयन पछि प्राप्त हुने लाभको आधारमा गर्नुपर्दछ । जसबाट दिगो विकासको जग (Sustainable development) बस्दा जस्तैः स्थानिय निकायले सिंचाई सुविधा उपलब्ध गराउँदा प्रति एकड भूमिको उत्पादकत्व बढ्दछ । त्यस्तै पृथ्वीराजमार्ग विस्तार मुग्लिन– पोखराको निर्माणले हजारौं व्यक्तिलाई रोजगारी दिएको छ । सडक निर्माण पश्चात सडकका छेउछाउमा आर्थिक कृयाकलाप बढ्दै गएका छन् । परिणामस्वरूप व्यक्तिको दक्षता र सिपमा विस्तार भै गतिशीलता बढ्न गै आर्थिक कृयाकलापमा तिव्रता आइरहेको देखिन्छ । यसका अलावा राजमार्गको पूनःनिर्माण र विस्तारले जनताको एकता र जनगतिशिलतामा योगदान दिएको छ । यो सडक निर्माणको अप्रत्यक्ष फाइदा हो । यस्ता क्षेत्रमा गरिएको लगानीले व्यक्तिको कार्यकुशलता, उद्यमशिल क्षमताको पनि विकास हुन्छ । जुन सरकारी लगानीको प्रभाव हो । यसरी दुरगामी रुपमा प्रभावपार्ने आयोजनाको छनौट हरेक स्थानिय निकायले गर्दा, प्राथमिकताको सूचिमा राख्नु
पर्दछ । यस्तो आयोजनाको गहन विश्लेषण, निर्वाचीत जनप्रतिनिधी, स्थानिय निकायका कार्यकारी प्रमुख, प्राविधिक शाखा इन्जिनिया, शिक्षा विशेषज्ञ, स्वास्थ्य विशेषज्ञ, बन विशेषज्ञ, प्रशासन विज्ञ, कृषि विज्ञ, उर्जा बिम, सबैलाई आफ्नो योजनाको विश्लेषण किताब नै तयारगरी राख्दा भावि योजना बनाउन र कार्यान्वयन गर्नको लागि सहजीकरण हुन्छ । के यस्तो कार्यको थालनी तनहूँ जिल्लाको ४ वटा नगरपालिका ६ वय वटा गाउँपालिकाले तयार गरि जनतालाई संम्प्रेषण गर्लान त ? यि सबै स्थानिय निकायले बनाएको योजनाको खाकालाई ’तनहुँ समष्टीगत आर्थिक योजना मोडेल’ (Tanahun Macro economic development model) को माध्यम बाट तनहुँको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन सकिन्छ । आगामी २०८४ को निर्वाचनमा यस्तो अवधारणालाई लागु गर्न सक्ने जन प्रतिनिधी छनौटमा प्रत्येक तनहूँवासी नागरिक सचेत रहन आाह्वान गर्दछ । अन्त्यमा सबै सचेत नागरिक, व्यक्ति हैन– सक्षम, क्षमतावान, बौद्धिक, प्रतिभाशाली व्यक्ति छनौटमा ध्यानदिनुहुन अनुरोध गर्दछु ।