कमलबारी/व्यास १२ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिकाका लागि छिटो विवाह र छिटो गर्भाधान शिर्षकमा सामूहिक मेन्टोरिङ तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
रुम टु रिडकी मेन्टोरिङमा सामुदायिक स्रोत बक्ता सुर्यराम पन्थले बाल विवाहका असरहरु, विवाह गर्ने उमेर तथा छिटो विवाहका कारण सानै उमेरमा हुने गर्भाधान र त्यसले आमा तथा बच्चाको स्वास्थ्यमा पार्ने नकारात्क असरबारे जानकारी गराएको थिए । पन्थले २० वर्ष उमेर पूरा नभई विवाह गर्ने र गराउने दुबैलाई कानूनी कारवाही हुने समेत बताएका थिए ।
२० वर्ष नपुग्दै विवाह गर्ने सन्दर्भमा नेपाल दक्षिण एशियामा तेस्रो स्थानमा रहेको बताउँदै मेन्टोरिङका अवसरमा शिक्षाको कमी, गरिबी तथा अन्धविश्वासका कारण बालविवाह हुने गरेको समेत जानकारी गराइएको थियो ।
मेन्टोरिङपछि सहभागी बालिकाहरुले आफुले पनि २० वर्ष नपुगी विवाह नगर्ने तथा अरुलाई पनि नगर्न सल्लाह दिने बताए । उनीहरुले समुदायमा गएर बालविवाह कानूनी रुपमा दण्डनीय अपराध भएको जानकारी समेत समुदायमा प्रवाह गर्ने बताएका थिए ।
गत विहिबार विद्यालयमा सम्पन्न मेन्टोरिङमा ३० जना बालिकाको सहभागिता रहेको थियो । सामाजिक परिचालक पौडेलका अनुसार रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र सूर्याेदय क्लबको व्यवस्थापनमा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सिद्धेश्वरीमा मेन्टोरिङ
previous post