पृष्टभूमिः
मुलुकी अपराध संहिताले २३ प्रकारका सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूरहरुको उल्लेख गरी दण्डनीय गरेको छ । ती कसुरबाट कसैको ज्यान मरेमा जहिलेसुकै उजुर गर्न सकिने हदम्यादको व्यवस्था गरेको छ भने दश प्रकृतिका कसुरमा तीन महिनाको हदम्याद तोकेको छ । अन्य बाँकीको हकमा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर नलाग्ने व्यवस्था गरेको छ ।
तीन महिनाको हदम्यादः
सार्वजनिक बाटो, नदी वा स्थालमा खतरा वा बाधा पु¥याउने कसूरका विरुद्धमा उजुर गर्न प¥यो भने कसूर भएको मितिले तीन महिनाको हदम्याद व्यवस्था छ । त्यसैगरी विषालु वा विष्फोटक पदार्थ प्रयोग गर्दा लापरवाही गरेको, घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरवाही गरेको, पछुपंक्षी राख्दा लापरवाही गरेको, पशुपंक्षी छाडा छोडेको, अभद्र व्यवहार गरेको, वेश्यागमनको प्रचार गरेको, वेश्याबृत्ति वा वेश्यागमनका लागि घर, जग्गा प्रयोग गर्न दिएको, अश्लिल किताब पर्चा इत्यादी बनाउन वा बिक्री गरेको, सार्वजनिक स्थानमा यौनाङ्ग देखाएको जस्ता कसूरहरुमा समेत कसूर भएको मितिले तीन महिना नाघेपछि उजुरी नलाग्ने व्यवस्था छ ।
छ महिनाको हदम्यादः
सङ्क्रामक रोग फैलाएको, मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणुको रोग फैलाएको, सरुवा रोग सम्बन्धी कानुनको उल्लङ्घन गरेको, खाद्य पदार्थमा मिसावट गरेको, झुक्यानमा पारी बाद्य पदार्थ बिक्री वितरण गरेको, झुक्यानमा पारी कुनै वस्तु बिक्रीवितरण गरेको, बिक्री गर्ने उपभोग्य बस्तु विक्री नगरी जम्माखोरी गरेको, पानी दुषित पारेको, वातावरण प्रदूषित गरेको, सार्वजनिक स्थानमा यौन क्रिया गरेको, सार्वजनिक उपद्रयाइ गरेको, जुवा वा सट्टावाजी गरेको, भिक्षा माग्न वा माग्न लगाएको जस्ता कसूरहरु भएगरेको थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर गर्न नपाईने व्यवस्था छ ।
बढी प्रयोगमा आएको दफाः
अपराध संहिताको परिच्छेद पाँचको व्यवस्थामा बढी प्रयोगमा ल्याइएको दफा भनेको अभद्र व्यवहारको कसूर नै हो । अभद्र व्यवहारको कसूर भन्नाले सार्वजनिक सुरक्षासंग सम्बन्धित कसूर भनेर बुझिन्छ । यस्ता कसूरमा एक बर्षसम्म कैद वा दश हजार रुपयाँसम्म जरिवाना वाद दुवै सजाय हुने व्यवस्था छ । यस्ता कसुरको शुरु कारवाही प्रमुख जिल्ला अधिकारीको इजलाशबाट हुने गर्दछ । पटके भएको अवस्थामा भने जिल्ला आदलतबाट सुनवाई हुने व्यवस्था छ । यसको साथै सार्वजनिक उपद्रयाई गरेको कसुर पनि केही हदसम्म कार्यान्वयनमा आएको छ । यस्ता कसूरहरु छरछिमेक वा सार्वसाधारणलाई हानि, नोक्सानी, क्षति वा खतरा पु¥याएको कसूरसंग सम्बन्धित हुन्छ । यो कसुरमा पच्चीस हजार रुपयाँ मात्र जरिवाना हुनेहुँदा यस्ता मुद्धाहरु प्रमुख जिल्ला अधिकारीले न्याय निरुपण गर्ने कानुनी व्यवस्था छ ।
जुवा खेल्ने वा सट्टावाजीः
फौजदारी कसूरमा दर्ज भएको यो कसुरमा पहिलो पटकलाई तीन महिनासम्म कैद र तीस हजारसम्म जरिवानाको गर्ने व्यवस्था छ । हार जित हुनेगरी खेलीने तास वा च्याँखेलाई समेत जुवाको परिभाषाभित्र पारिएको छ । यस्ता कसुरहरुको सुनवाई अदालतबाटै हुने गरेको छ ।
निष्कर्षः
कानुनमा भएका व्यवस्थाहरुको निष्पक्ष कार्यान्वयन हुन सक्यो भने समाजमा शान्ति सुव्यवस्था र अमनचयन कायम गर्न सकिन्छ । आमनागरिकले शान्तिसुव्यवस्थाको अनुभूत गर्न सक्दछन् । पहूँचको प्रभावले कानुन प्रभावित हुनुहुँदैन । न्याय मर्नुहुँदैन ।
सार्वजनिक हित र सुरक्षा विरुद्धको कार्य दण्डनीय
previous post