दमौली/जिल्ला प्रशासन कार्यालय तनहुँबाट यस बर्षको पहिलो सार्वजनिक विदा चैतेदशैको विदा परेको बुधबारबाट सेवा पाउन थलेका छन् । कार्यालयले चैत्र २९ गते एक सार्वजनिक सूचना जारी गरेर सेवा सूचारु गर्ने जानकारी गराएको
थियो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले विगत एक बर्षदेखि सार्वजनिक विदाका दिनमा दिँदै आएको सेवा आगामि एक बर्षका लागि पुनः सूचारु गर्ने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकिय अधिकृत विकास श्रेष्ठले दिनु भएको जानकारी अनुसार यस बर्षको पहिलो विदाको दिन बुधबार नयाँ नागरिकता एक जनाले लिएका छन् भने प्रतिलिपि नागरिकता एकजनाले लिएका
छन् ।
राष्ट्रिय परिचय पत्र १२ जना जतिले र राहदानी छ जना जतिले लिएको अनुमान अधिकृत श्रेष्ठको थियो ।
नियमित सेवा अन्तरगत पर्ने नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अगामि एक बर्षसम्मका १६ दिनका सार्वजनिक विदामा पनि सूचारु गर्ने जिल्ला प्रशासन कार्यालय तनहूँले जनाएको छ ।
ती १६ दिनका सार्वजनिक विदाहरुमा रामनावमी, चण्डी पूर्णिमा, बुद्ध जयन्ती, उभौली पर्व, गणतन्त्र दिवस, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी र घटस्थापना समेतका दिनहरु परेका छन् । धान्य पूर्णिमा, योमरी पुण्डी, क्रिसमस डे, तमु ल्होसार, माघी पर्व, माघे संक्रान्ति, सहिद दिवस, सोनाम ल्होसार, प्रजातन्त्र दिवस, महाशिवरात्री र ग्याल्पो ल्होसार रहेका छन् ।
यी पर्वहरुमा नियमित सेवा सूचारु गर्न नेपाल सरकारले राजपत्रमा सूचना नै प्रकाशन गरेको थियो ।
सार्वजनिक विदामा पनि सेवा सूचारु
previous post