माथि आकाश देखाउदै भन्ने गर्थी
त्यस्तै विशाल छ हाम्रो सम्बन्ध
पर बगेको खोला देखाउदै भन्ने गर्थी
त्यस्तै निश्चल छ हाम्रो सम्बन्ध
क्षितिज पारिको डाँडा देखाउँदै भन्ने गर्थी
त्यस्तै अटल छ हाम्रो सम्बन्ध
दिनहुँ यस्तै अनोकौं सपना बुन्ने/बुनाउने गर्थी
तर आज बेजान छ हाम्रो सम्बन्ध