नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै र निको भएर घर फर्कनेको संख्या बढ्दै जान थालको छ
गत शुक्रबार सर्वाधिक १ हजार ३५४ संक्रमित थपिएकामा त्यस यताका तीन दिन निरन्तर संक्रमितको संख्या घट्दै गएको छ । शनिबार त्यो संख्या घटेर १ हजार ४१ मा झरेको थियो भने आज अझ घटेर ९८० मात्र रहेको छ । उता संक्रमण मुक्त भएर घर जानेको संख्या भने विहिबार देखि नै बढ्दै गएको छ । विहिबार संक्रमण मुक्त हुनेको संख्या ९१७ रहेकोमा शुक्रबार त्यो संख्या १ हजार ३५४, शनिबार १ हजार ५६६ र आज १ हजार ८१४ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परिक्षण गरिएकोमा जम्मा ९८० जनाको संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज आइसोलेसनमा रहनेको संख्या १७ हजार २७ रहेका छन् भने क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ७०३ रहेको छ । संक्रमणको दर घट्ने र संक्रमण मुक्त हुनेको संख्यामा वृद्धि भएको भएपनि मृत्यु हुनेको संख्या भने उच्च नै छ । आज ९ जनाको मृत्यु भएसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।
तनहुँमा आज ७ जनाका संक्रमण पुष्टी भएको छ । यो संगै तनहँका कोरोना संक्रमितको संख्या ५९ महिला र २५७ पुरुष गरी ३१६ पुगेको छ । देशभर ५ सय भन्दा बढी संक्रमित भएका जिल्ला १२ रहेका छन् भने संक्रमण शून्य भएका जिल्ला ५ रहेका छन् । मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित २१–३० उमेर समूहका छन् । जसको संख्या झण्डै १६ हजार रहेको छ । काठमाण्डौ उपत्यकामा आज ३ सय ५४ नयाँ संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी गराएका छन् ।
संक्रमित घट्दै, निको हुने बढ्दै
previous post